Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

विज्ञापन निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई महासंघको ज्ञापनपत्र


सरकारी सञ्चार माध्यामलाई मात्रै विज्ञापन दिने निर्णय फिर्ता लिन दबाब दिँदै पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी क्षेत्रको सञचार माध्यमलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सो निर्णय फिर्ता लिन दवाव दिँदै प्रधानमन्त्री साहलाई ज्ञापन पत्र बुझाएको हो । सरकारको सो निर्णयसंविधान, कानून र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएकाले त्यसलाई कार्यान्वयनमा नलैजान स्थानीय र प्रदेश सरकारलाई पनि सचेत गराइएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताइन् । महासंघले सरकारले सो निर्णय फिर्ता नलिए त्यसलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी समेत दिएको छ ।

महासंघकी अध्यक्ष शर्माले भनिन्,‘आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने काम भएको छ । यो सँगै सञ्चार मन्त्रालयले हिजो मात्रै जारी गरेको विज्ञप्ती आएको छ । त्यसको पनि हामीले घोर विरोध गर्दछौँ । जथाभावी ढंगले समाचार पत्रकारहरुले लेख्यो भने भनेर जुन विज्ञप्ती आएको छ । त्यो अनुगमन गर्ने प्रेस काउन्सिलले हो । त्योसँगै सामाजिक सञ्जाललाई नियमन गर्ने, अनुगमन गर्ने नाममा सरकारले जुन विज्ञप्ती जारी गरेर तर्साएको छ । त्यसमा हाम्रो घोर विरोध छ, खण्डन छ । र, त्यसमा हामी आपत्ति जनाउँदछौँ । अरु यसलाई नियमन गर्ने प्रेस काउन्सिललाई स्वयत्त बनाउनु पर्दछ भन्ने माग हामी राख्दछौँ ।’

महासंघले सरकारी सुचना वा विज्ञापन निजी क्षेत्रको सञ्चार माध्यामलाई नदिने गरी निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएको छ । अध्यक्ष शर्माले सो विज्ञापनलाई पारदर्शी बनाउने काम प्रेस काउन्सिलमार्फत गराउन पनि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।


प्रकाशित मिति: १० बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?