Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको काँग्रेस सांसद गुरुङको आरोप


काठमाडौँ।नेपाली काँग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभी लगायत मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुनेगरी सरकार स्वयंले गाडी पार्क गरेको आरोप लगाएकी छिन् ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद गुरुङले यस्तो आरोप लगाएकी हुन् । उनले राज्यलाई जवाफदेही बनाउने तथा नागरिकका आवाज सार्वजनिक गर्ने सञ्चारमाध्यममाथि सरकारले शंकास्पद निगरानी राख्न खोजेको भन्दै त्यसको घोर निन्दा गरेकी छिन् । उनले मिडिया हाउस अगाडि गाडी पार्क गरेको विषयमा सत्यतथ्य बाहिर ल्याउन समेत समितिमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन् , ‘मिडिया हाउसको अगाडि अहिले सरकारले निगरानी राख्नका निम्ति शंकास्पद रुपमा त्यहाँ गाडीहरु खडा गरिएको भनेर मैले न्युजमा देखेको छु । धेरै जनाबाट मैले यो जानकारी पनि पाएको छु । यसको वास्तविकता के हो ? राज्यलाई जवाफदेही बनाउन खोज्दा र जसरी सडकमा उठेका नागरिकहरुको आवाजलाई चाहिँ आम नागरिकको सामु ल्याउन खोज्दाखेरि यसरी मिडिया हाउसमाथि चाहिँ निगरानी राख्न जुन राज्यले खोजेको छ म यसको चाहिँ घोर निन्दा गर्दछु । यसको सत्यतथ्य के हो ? किन आज मिडिया हाउसको अगाडि राज्यले त्यसरी गाडीहरु पठाइरहेको छ, एक किसिमको निगरानी गरिरहेको छ, यो विषयमा चाहिँ समितिमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सोमवार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चार संस्थाका कार्यालयको गेटमै सवारीसाधन तेस्र्याएर आवागमन प्रभावित बनाइएको थियो । यस घटनालाई घटनालाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमणको रुपमा विश्लेषण भइरहेको छ ।


प्रकाशित मिति: २९ असार २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?