Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

संस्कृति


दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

२४ ,मङ्सिर ,काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो ।

अष्ट्रेलियाको राजधानीसँग काठमाडौं भगिनी सम्बन्धको पहल सुरु

काठमाडौं। अष्ट्रेलियाको राजधानी सहर एसिटी र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पहल थालिएको छ । हालै अष्ट्रेलिया सरकारको निम्तोमा गएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल र एसिटीका मुख्यमन्त्री एन्ड्रीयु जेम्स बार्रबीच भएको वार्तापछि यसबारे प्रक्रिया अघि बढाइएको हो । उक्त भेटमा एसीटी महिला योजना २०१६-२०२६ बारे पनि छलफल भएको उपमेयर

विपन्न परिवारको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर,महोत्तरी। महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ । उक्त नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको

शान्ति–अहिंसा प्रार्थनार्थ गुफा बस्दै ‘लामा’हरू

१९ ,मङ्सिर ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मावलम्बी ‘लामा’हरू (कुन्छाम्) गुफा बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा धेदुङको आयोजनामा यही मङ्सिर २९ गतेदेखि करिब दुई सय लामाहरू गुफा बस्न लागेका हुन् । विषेशगरी शान्ति र अहिंसाको प्रार्थनाका लागि लामाहरू डेढ महिना गुफा बस्न लागेको संस्थाका

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

१७ ,मङ्सिर ,धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् । अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाको सबै ठाउँमा ढोलनाच, मारुनी

काठमाडौं महानगरले २७ मङ्सिरमा स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले २७ मङ्सिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । २९औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको छ । त्यस्तै, इच्छुक हुने समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

१३ ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो । पञ्चकोट धाम

चावहिल क्षेत्रमा श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्राको रौनकता

१२ ,मङ्सिर ,काठमाडौँ । चावहिल क्षेत्रमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता छाएको छ । जात्राको दोस्रो दिन आज मार्गशीर्ष कृष्ण प्रतिपदाका अवसरमा श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको जात्रा व्यवस्थापन समितिले जनाएको छ । स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती बिहारमा लगेर

यसरी मनाइयो गोरखामा मकै सुकाउने पर्व

१२ ,मङ्सिर ,गोरखा । गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गए राति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् । ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास,

जनकपुरमा हुने सीताराम विवाह महोत्सवको तयारी

११ ,मङ्सिर ,महेन्द्रनगर (धनुषा) । यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमा आज जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग

सम्वन्धित समाचारहरु