Trending
>>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   रेड पाण्डाको छाला सहित एक जना पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ >>   हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

शान्ति–अहिंसा प्रार्थनार्थ गुफा बस्दै ‘लामा’हरू


१९ ,मङ्सिर ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मावलम्बी ‘लामा’हरू (कुन्छाम्) गुफा बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा धेदुङको आयोजनामा यही मङ्सिर २९ गतेदेखि करिब दुई सय लामाहरू गुफा बस्न लागेका हुन् ।

विषेशगरी शान्ति र अहिंसाको प्रार्थनाका लागि लामाहरू डेढ महिना गुफा बस्न लागेको संस्थाका अध्यक्ष वीरबहादुर वाइबा जानकारी दिए । उनका अनुसार गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट करिब दुई सय लामा आउनेछन् ।

ताल्ढुङ्गामा यही मङ्सिर २९ गते गुफा कार्यक्रमअन्तर्गत शुभारम्भ भएसँगै भोलिपल्ट लामागुरू खेन्पोसेराप ग्याल्छेनबाट ‘थुन’ सुरु हुने छ । उनका अनुसार शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा सांस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने छ ।

यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पुर्याउनुका साथै बौद्धधर्म, कला–संस्कृतिको संरक्षण, संवर्द्धन र विकाससँगै समस्त लामाको हक–हित, भाषा, लिपि, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो एकरूपता र सरल पार्ने विषयमा बृहत् छलफल हुने जनाइएको छ ।

“तामाङ समाजमा पछिल्ला समय ‘लामा’ कम हुँदै गएकाले कुन्साम्मार्फत लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष वाइबाले भने । ४५ दिनसम्म चल्ने कुन्छाम् कार्यक्रममा लामाका लागि खान–बस्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन विकासमा टेवा पुग्ने बताएका छन् । उनले खानीखोलालाई धार्मिक पर्यटनको रूपमा विकास गर्न गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममासमेत समेटिएको जानकारी दिए ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?