Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

काठमाडौं महानगरले २७ मङ्सिरमा स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने


काठमाडौं। काठमाडौं महानगरपालिकाले २७ मङ्सिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । २९औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको छ ।

त्यस्तै, इच्छुक हुने समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी ९माझवाल०, सानो बाँसुरी (तीपं), स्केलसहितको विवरण भर्नुपर्ने बताइएको छ । सम्पदा तथा पर्यटन विभागका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ । उक्त दर्ता फाराममा टोल, गुथि वा सङ्घ संस्थाका गुरु: कजी:,नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मङ्सिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्ने जनाइएको छ ।

सो विभागका अनुसार प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (शृङ्गार) लगाउनुपर्छ भने बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ । सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ भने यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ । उक्त महानगरका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् भने यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्नेछ ।

त्यसैगरी, ‘२ जनाले पछिमा, खिं, कोचखिं, धास्, नायखिं, मादल, धिमे, धोलक, नगरा वा अन्य नेवार समुदायका छालाका बाजामध्ये ३ वटा बाजा बजाउन सक्छन् । २ जनाले तास्, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समुदायमा बजाइने धातुबाट बनेका बाजाहरू सहायक बाजाका रूपमा बजाउन पाउँछन्,’ महानगरले बताएको छ।

 

 


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?