Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी होः श्याम घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेका छन् ।

सभामुखुँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचिबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सभामुखसँग कार्यसूचिको बारेमा छलफल भएको र १५ दिनको कार्यसूचि तयार पारेको जानकारी दिएका छन् । सभामुखसँगकै छलफलका क्रममा रास्वपालाई संसदको गतिविधिमा सहभागी हुन आग्रह गरेको बताए। संसदले बैठक बहिष्कार गर्दा पनि रास्वपा सांसदहरुलाई भत्ता दिइरहेको भन्दै नैतिकता देखाउन पनि संसदीय गतिविधिमा सरिक हुन आग्रह गरिएको बताए । संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु दायित्व र जिम्मेवारी भएको बताए।

उनले भने, ‘कार्यसूचिको विषयमा छलफल भएको हो । भदौको कार्यसूचि बनेको थिएन । १५ दिनको कार्यसूचि तयार पारेका छौँ । संसद ४ गतेबाट शुरु हुन्छ । उहाँहरुलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरिएको छ । अब संसदको सदस्य भइसकेपछि दायित्व र जिम्मेवारी पनि हो ।’

संसदीय गतिविधिमा नैतिक जिम्मेवारी लिएर पनि भाग लिन आग्रह गरेको बताएका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?