Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी होः श्याम घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेका छन् ।

सभामुखुँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचिबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सभामुखसँग कार्यसूचिको बारेमा छलफल भएको र १५ दिनको कार्यसूचि तयार पारेको जानकारी दिएका छन् । सभामुखसँगकै छलफलका क्रममा रास्वपालाई संसदको गतिविधिमा सहभागी हुन आग्रह गरेको बताए। संसदले बैठक बहिष्कार गर्दा पनि रास्वपा सांसदहरुलाई भत्ता दिइरहेको भन्दै नैतिकता देखाउन पनि संसदीय गतिविधिमा सरिक हुन आग्रह गरिएको बताए । संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु दायित्व र जिम्मेवारी भएको बताए।

उनले भने, ‘कार्यसूचिको विषयमा छलफल भएको हो । भदौको कार्यसूचि बनेको थिएन । १५ दिनको कार्यसूचि तयार पारेका छौँ । संसद ४ गतेबाट शुरु हुन्छ । उहाँहरुलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरिएको छ । अब संसदको सदस्य भइसकेपछि दायित्व र जिम्मेवारी पनि हो ।’

संसदीय गतिविधिमा नैतिक जिम्मेवारी लिएर पनि भाग लिन आग्रह गरेको बताएका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?