Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री


काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् ।

ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताएका छन् । नेपालमा हुने कारोबार नेपालको कानूनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ । मेटा लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन् । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहेका छन् । नेपाल सरकार नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनैपनि सामाजिक सञ्जालहरुले तिर्नैपर्ने बताए । नेपालमा प्रयोग हुने कम्पनीहरुले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताउदै यदी नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा जे कुरा चल्छ, चलाइन्छ, जुन कारोबार नेपालमा हुन्छ, नेपालको कानूनअन्तर्गत हुनुपर्दछ । नेपाल सरकारले थाहा पाएको हुनुपर्दछ । नेपाल सरकार, नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायि भएको हुनुपर्दछ । यहाँबाट जुन चल्छ, त्यसको ट्याक्स यहाँ तिर्नुपर्दछ । लाभको ट्याक्स तिर्नुपर्दछ । त्यो भन्दा बाहिर बस्छु भन्ने छुट कसैलाई छैन । नेपालमा प्रयोग हुने त्यस्ता चिजहरुले नेपालमा अफिस खोलेको हुनुपर्दछ । नेपालको कानूनमा रजिस्ट्रड भएको हुनुपर्दछ । नेपालको कानूनअन्तर्गतका दायित्वहरु र उत्तरदायित्वहरु पूरा गरेको हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पुर्याउन पनि सञ्चारमन्त्रालयलाई निर्देशन दिएका छन्।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?