Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

हतारमा काम गर्दा सबै सांसदहरु बेकुफ भयौँः सांसद कार्की


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताएकी छिन् ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने बताएकी छिन् । विधेयकहरु राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘म त्यत्ति इन्टेलिजेन्स नभएर होला, तुरुन्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिन । हालैको अनुभव पनि छ । हतारको काममा लतार भएर एक जना सभापतिज्युले राजीनामा दिनुप¥यो । त्यसैले हामीले धेरै सोच्नुपर्छ । त्यत्रो सदनमा हामी सबै सांसदहरु त बेकुफ नै भयौँ नि त । सबैले थपडी मारेर पास ग¥यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ ।’

सांसद कार्कीले सदनमा र समितिमा छलफल राम्रोसँग गरेर मात्रै विधेयकहरु अघि बढाउनु उचित हुने सुझाव दिएकी छिन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?