Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा


काठमाडौँ। संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक शुक्रवार सिंहदरबारमा बसेको थियो । जसमा शुक्रवारको समितिको कार्यसूचि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रश्तुतिकरण र छलफल हुने थियो ।

समितिमा संशोधनकर्ता सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतमले विधेयकमाथि आफ्नो धारणा राखिन् । साथै उनले बजारमा नक्कली व्याकुल माइलाको चर्चा रहेको समितिलाई जानकारी गराएकी छिन् । समितिको बैठकमा सांसद गौतमले राष्ट्रिय गानका रचयिता प्रदीप राई (व्याकुल माइला) बनेर उहाँको आत्मसम्मानमा चोट पुग्ने गरी व्याकुल माइला हुँ भनेर कितावहरु निकाल्ने, प्रपोजलहरु गर्ने र बजेटहरु निकासा पनि गरिएको कुरा चर्चामा रहेको बताएकी छिन् । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस किसिमको व्यवहार राम्रो नभएको बताउदै यसबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी दिन आग्रह गरिएको बताएकी छिन् ।

उनले भनिन्, ‘अहिले व्याकुल माइलाको कुरा आइरहेको रहेछ । एक जना कोही व्यक्तिले व्याकुल माइला हुँ भनेर कितावहरु निकाल्ने, प्रपोजलहरु गर्ने, कता कता गएर बजेटहरु निकासा गर्ने, यो खालको कुराहरु भइरहेको रहेछ । उहाँको आत्मसम्मानमा चोट पुग्यो भन्नेकुरा आयो । यो संवेदनशील विषय हो । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस्तो हुनु हुँदैन । प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्नुस् भनेको रहेछ । सक्कली मान्छेलाई नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्न ह्युमुलेसन पनि हुन्छ । यो विषय मन्त्रालयले ध्यानाकर्षण गरोस् ।’

उनले समिति र सरकारले यसबारेमा संवेदनशील हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएकी छिन ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?