Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा


काठमाडौँ। संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक शुक्रवार सिंहदरबारमा बसेको थियो । जसमा शुक्रवारको समितिको कार्यसूचि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रश्तुतिकरण र छलफल हुने थियो ।

समितिमा संशोधनकर्ता सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतमले विधेयकमाथि आफ्नो धारणा राखिन् । साथै उनले बजारमा नक्कली व्याकुल माइलाको चर्चा रहेको समितिलाई जानकारी गराएकी छिन् । समितिको बैठकमा सांसद गौतमले राष्ट्रिय गानका रचयिता प्रदीप राई (व्याकुल माइला) बनेर उहाँको आत्मसम्मानमा चोट पुग्ने गरी व्याकुल माइला हुँ भनेर कितावहरु निकाल्ने, प्रपोजलहरु गर्ने र बजेटहरु निकासा पनि गरिएको कुरा चर्चामा रहेको बताएकी छिन् । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस किसिमको व्यवहार राम्रो नभएको बताउदै यसबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी दिन आग्रह गरिएको बताएकी छिन् ।

उनले भनिन्, ‘अहिले व्याकुल माइलाको कुरा आइरहेको रहेछ । एक जना कोही व्यक्तिले व्याकुल माइला हुँ भनेर कितावहरु निकाल्ने, प्रपोजलहरु गर्ने, कता कता गएर बजेटहरु निकासा गर्ने, यो खालको कुराहरु भइरहेको रहेछ । उहाँको आत्मसम्मानमा चोट पुग्यो भन्नेकुरा आयो । यो संवेदनशील विषय हो । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस्तो हुनु हुँदैन । प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्नुस् भनेको रहेछ । सक्कली मान्छेलाई नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्न ह्युमुलेसन पनि हुन्छ । यो विषय मन्त्रालयले ध्यानाकर्षण गरोस् ।’

उनले समिति र सरकारले यसबारेमा संवेदनशील हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएकी छिन ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?