Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद ढकाल


काठमाडौँ। नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यात्रुहरु हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरुले पाउन नसकेको बताउदै यात्रुहरुमाथि दुव्र्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

उनले भने, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने, यात्रुहरु हरेकलाई यो ठग नै हो जस्तो गर्ने, बेला बेलामा दुव्र्यवहार पनि गर्ने जुन काम पहिलादेखि भइरहेको थियो, त्यो काम रोकिएको छैन । अब त्यहाँ कोही पहिलो पटक उत्साहित भएर गइरहनुभएको हुन्छ, उहाँहरुलाई थाहा हुँदैन । एउटा प्यासेन्जरले अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन सेवा प्राप्त गर्नुपर्ने हो, त्यो सेवा प्राप्त गर्न सक्नुभएको छैन । उहाँहरुको आत्मसम्मानमा ठेस आउने किसिमले एयरपोर्टमा काम, कारबाही भएको छ । एयरपोर्टमा प्राधिकरणको प्रमुखको शासन लागू भएको छ । त्यहाँ मन्त्रालयको के रोल हुन्छ मलाई थाहा छैन, उहाँको आफ्नो खुशीअनुसार कहिले पास खुला गरेको छ, कहिले बन्द गरेको छ, अपाङ्ग हुनुहुन्छ, महिला हुनुहुन्छ । पहिला त्यहाँ चेकिङ काउण्टरसम्म पास लिएर त्यहाँ गएर पठाउने चलन थियो । त्यहाँ न कुनै वैकल्पिक व्यवस्था गरिएको छ । त्यो छैन ।’

सांसद ढकालले विमानस्थल अस्तव्यस्त रुपमा सञ्चालन भइरहेको बताएका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?