Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अष्ट्रेलियाको राजधानीसँग काठमाडौं भगिनी सम्बन्धको पहल सुरु


काठमाडौं। अष्ट्रेलियाको राजधानी सहर एसिटी र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पहल थालिएको छ । हालै अष्ट्रेलिया सरकारको निम्तोमा गएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल र एसिटीका मुख्यमन्त्री एन्ड्रीयु जेम्स बार्रबीच भएको वार्तापछि यसबारे प्रक्रिया अघि बढाइएको हो ।

उक्त भेटमा एसीटी महिला योजना २०१६-२०२६ बारे पनि छलफल भएको उपमेयर डङ्गोलले जानकारी दिएकि छन् । अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अस्ट्रेलियन दूतावासको संयुक्त निमन्त्रणमा विशेष भ्रमण पूरा गरी डङ्गोल स्वदेश फर्किसकेकी छन् भने उनले सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न सहरहरूबको भ्रमण भ्रमण र विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।

उक्त भेटमा महिला समावेशिता, संलग्नता र सशक्तीकरण सम्बन्धी कार्यक्रम, विभिन्न क्षेत्रहरूमा महिलाहरूको सहभागिता र लैङ्गिक विषयवस्तुको सुधारबारे छलफल भएको उनले बताइन् । सन् २०१७ पछि सम्भवतः पहिलो पटक यसरी जनप्रतिनिधिलाई विशेष महत्त्व दिएर बोलाएको उक्त भ्रमणका क्रममा मानव संशाधन, लैङ्गिक समानता, आधुनिक दासप्रथा विरुद्धको अभियानलगायतका कार्यक्रममा उनी सहभागी थिइन् ।

त्यसका लागि सम्भावित साझेदारी र समन्वय गर्न अष्ट्रेलियाली अन्तराष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको उनले बताइन् । सो भेटमा अस्ट्रेलियामा आदिवासी जनजातिको ज्ञान, सीप, मूल्य र मान्यतालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन कसरी गरिएको रहेछ भने ज्ञान आदानप्रदान गरिएको उनको भनाइ रहेको छ ।

त्यसैगरी, खनिज तथा उर्जा, कृषि पर्यटनलगायतको अवलोकन भ्रमणका लागि मंसिर ८ गते उनी त्यसतर्फ गएकी थिइन् । डङ्गोलले भ्रमणका क्रममा अष्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभाग, सामाजिक नीति तथा महिला अन्तराष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेट गरिन् । सो भ्रमणका क्रममा न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीहरुसँग बैठक र अवलोकन भएको थियो भने उक्त भेटमा ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको मूर्ति तथा अमूर्त सांस्कृतिक सम्पदा फर्काउने टोलीसँग पनि भेट भएको थियो ।

उक्त भ्रमणका सिलसिलामा अष्ट्रेलियाली राष्ट्रिय पुँजी प्राधिकरणका कार्यकारी निर्देशक स्याली बार्नेससँग पनि उपमेयर डङ्गोलले भेट गरेकी थिइन् । भेटमा सहरी योजनाको प्राथमिकताहरूको प्रभावकारी ढङ्गले पहिचान गर्ने पद्धति,सहरी विकासका लागि रणनीतिक मार्ग, समावेशी र दिगो समुदायको विकासबारे सम्भावित कार्यक्रम, योजनातर्जुमा र सम्भावित साझेदारीबारे छलफल भएको उनले बताइन् ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?