३ वैशाख, गोरखा । गोरखानाथ मन्दिरमा २० औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि जेठ १ गतेसम्म महोत्सव हुने भएको हो । गोरखनाथ मन्दिरमा
२ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको बताएका छन् । इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै उनले नेपाल बहुजातीय तथा बहुसांकृतिक मुलुक भएको बताए । राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र
२ वैशाख ,महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख–२ गते घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको
२८ चैत ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण भारतबाट दर्शनार्थी आउने गरेका छन् । यस मन्दिरमा नयाँ वर्षसँगै विजया दशमी, माघे सङ्क्रान्ति, सरस्वती पूजा तथा चैते दसैँलगायतका
१ वैशाख ,भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयासपछि राति ७
१ वैशाख, सुदूरपश्चिम । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व विसुका अवसरमा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको प्रदेश सचिव धर्मराज पाठकले बताए । विसु पर्वमा
१ वैशाख, काठमाडाैँ । गुरु तथा शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न सनातन विद्वत् परिषद् नेपालले अनुरोध गरेको छ । सनातनधर्माबलम्बी भन्नेले जानेर वा नजानेर शास्त्रले अशुद्ध समय भनेको बेलामा निषेध गरिएका कर्म गरिरहेको सूचना परिषद्मा प्राप्त भएकाले त्यस्ता कर्म नगर्न उपाध्यक्ष प्रा भवानीप्रसाद खतिवडाले
१ वैशाख, काठमाडाैँ । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक
१ वैशाख ,बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली
१ वैशाख ,रामपुर (पाल्पा) । वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ । कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा