Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नेपालमा जात र धर्ममामात्र होइन प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति पौडेल


२ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको बताएका छन् । इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै उनले नेपाल बहुजातीय तथा बहुसांकृतिक मुलुक भएको बताए ।

राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे । उनले नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँंदै यी सबैलाई मिलाउन सकेमा नेपाली नेपालीबीचको एकता बलियो हुने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपालीहरुको विश्वका कुना कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्ट्रा्–नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको प्रशंसा गरे । नेपालको संस्कृति विश्व सामू चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव थियो ।

फाउण्डेशनले आफ्रिकाभन्दा बाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ । गायनतर्फ १ सय २० जना र नृत्यतर्फ १ सय २० जना कलाकार सहभागि रहेको फाउण्डेशनले जनाएको छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?