Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउँदै एमाले


१ वैशाख, सुदूरपश्चिम । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व विसुका अवसरमा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको प्रदेश सचिव धर्मराज पाठकले बताए ।

विसु पर्वमा सिस्नो लगाएर मनमुटाव हटाउन चलन सुदूरपश्चिममा रहेको छ । सो कार्यक्रममा प्रदेशका अगुवा नेता कार्यकर्ताको सहभागिता रहने भएको छ ।

एमालेका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टले केही दिन अघि एक कार्यक्रममा कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नु ल्याउन आग्रह गरिसकेका छन् । सो अवसरमा विसु पर्व तथा नयाँ वर्षका शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेको छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?