Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउँदै एमाले


१ वैशाख, सुदूरपश्चिम । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व विसुका अवसरमा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको प्रदेश सचिव धर्मराज पाठकले बताए ।

विसु पर्वमा सिस्नो लगाएर मनमुटाव हटाउन चलन सुदूरपश्चिममा रहेको छ । सो कार्यक्रममा प्रदेशका अगुवा नेता कार्यकर्ताको सहभागिता रहने भएको छ ।

एमालेका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टले केही दिन अघि एक कार्यक्रममा कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नु ल्याउन आग्रह गरिसकेका छन् । सो अवसरमा विसु पर्व तथा नयाँ वर्षका शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेको छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?