Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

अशुद्ध समयमा शास्त्रले निषेध गरेका कर्म नगर्न सनातन विद्वत् परिषद्को अनुरोध


१ वैशाख, काठमाडाैँ । गुरु तथा शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न सनातन विद्वत् परिषद् नेपालले अनुरोध गरेको छ ।

सनातनधर्माबलम्बी भन्नेले जानेर वा नजानेर शास्त्रले अशुद्ध समय भनेको बेलामा निषेध गरिएका कर्म गरिरहेको सूचना परिषद्मा प्राप्त भएकाले त्यस्ता कर्म नगर्न उपाध्यक्ष प्रा भवानीप्रसाद खतिवडाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अहिले शुक्र अस्त भए पनि पशुपति क्षेत्रलगायत धार्मिकस्थलमा यज्ञलगायत धार्मिक यज्ञयागादी चलिरहेको छ ।

गत चैत १७ गते शुक्रबारदेखि गुरुअस्त भई यही वैशाख १५ गते शुक्रवार उदय हँदैछ । त्यसैले चैत १७ गतेदेखि नै कुनै कामना राखेर गरिने कर्म नगर्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । गुरुअस्त भएका दिनदेखि गुरुको अस्त दोष र वैशाख १६ गतेदेखि १८ गतेसम्म गुरुको बाल्य दोष रहन्छ ।

गुरु तथा शुक्र अस्तका बेला इनार, बगैँचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रत आरम्भ र उद्यापन, बधुप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्ट श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षा ग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ठ पूजा, पाठ, यज्ञजस्ता कार्य कहिल्यै नगरिएको र देव दर्शन् तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यास ग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेकजस्ता कर्म पनि अस्तकालमा गर्नुहुदैन भन्ने कुरा श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र, आदि ग्रन्थले उल्लेख गरेको परिषद्ले जनाएको छ ।

शास्त्रीय मान्यताका आधारमा गरिने कर्म शास्त्रले निषेध गरेका समयमा गर्दा फल नपाइने भएकाले शुद्ध समयमा कर्म गनै परिषद्ले अनुरोध गरेको हो ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?