१ ,श्रावण ,फुङ्लिङ । किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई
३१,असार ,काठमाडौँ । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ । सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार
३१,असार ,भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो । देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक सङ्घसंस्थाले
२९,असार ,काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती विभिन्न स्थानहरुमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतले माल्यार्पण गरेका छन् कार्यक्रममा भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै केही स्रष्टालाई सम्मान
२६ ,असार ,झापा । ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको प्रसिद्ध यस धाममा बर्सेनि १० लाखभन्दा बढी धार्मिक पर्यटक देश विदेशबाट दर्शनका लागि आउने गरेका छन् । महाभारतकालमा अर्जुनले पर्जन्य
२५ असार, काठमाडाैँ । चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर
२२ असार, एजेन्सी । बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् । राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा
२० असार ,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित पशुपति मन्दिरमा आजदेखि श्रावणी मेला सुरु भएको छ । मेलाको पहिलो दिन हिजो जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मिक विधिबमोजिम पूजा गरी जल भरेर यात्राको सुरुआत गरेका थिए । घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको
१८ असार ,खजुरा । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेसी समुदायले भौंरी पर्व मनाएका छन् । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कपिलवस्तुलगायत मधेसी समुदायको बहुल्य भएको स्थानमा यो पर्व मनाउने गरिन्छ । मधेसी समुदायका अवधि भाषीहरूले भौंरी पर्व धुमधामसँग मनाएका हुन्
१६ असार ,गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै विषयसँग सम्बन्धित रहेका कारण विश्वभरि चिनिएको छ ।