Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक


आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक

काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आइसिसी महिला टी ट्वान्टी विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोवल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ सम्म नेपालमा आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायर हुँदैछ । घरेलु मैदानमा हुने क्वालिफायरमा नेपाल समूह ‘बी’ मा छ । नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्याण्ड र जिम्बाब्वे गरी पाँच टोली रहेको समूहमा शिर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष चार टोलीले आगामी सन् २०२६ को जुन १२ देखि ५ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

क्यानले छनोटअगाडि नै महिला टोलीका लागि अनुभवी प्रशिक्षक नियुक्त गरेको हो । उनले सात वर्षसम्म थाइल्यान्डको महिला र पुरुष टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए । यसपल्ट छनोटमा उनले सोही टोलीको विपक्षी प्रशिक्षकका रूपमा काम गर्नुपर्नेछ । नेपाली महिला क्रिकेट टोलीको कमजोरी फिटनेस र ब्याटिङमा सुधार ल्याउने उनको मुख्य जिम्मेवारी हुनेछ । उनले नेपाली पिचमा ब्याटिङका लागि राम्रो रहेको पनि उल्लेख गरे । तर त्यसका लागि कन्डिसन पनि बुझ्नुपर्ने औंल्याएका छन् । टोलीको ब्याटिङ कमजोर भएपनि खेलाडीको इच्छाशक्ति कस्तो छ भन्ने कुराले नतिजामा फरक पर्ने उनको भनाइ छ ।

नेपाली खेलाडीको इच्छाशक्ती बलियो रहेकाले त्यसमा सुधार हुने उनको विश्वास छ । यद्यपि, क्रिकेटमा रातरात परिवर्तन नहुने पनि उनी बताउँछन् । त्यसका लागि लामो योजना र जुनियरस्तरमा पनि राम्रो गर्नुपर्ने उनको भनाइ छ । आपूm नेपाल आउनुको पछाडि राम्रो टोलीलाई प्रशिक्षक गर्ने चाहना रहेको प्रशिक्षक पाठक बताउँछन् । नेपाली महिला क्रिकेट टिमलाई विपक्षी प्रशिक्षकका रूपमा हेरेकाले उनीहरूको क्षमताबारे आफू राम्रो जानकारी रहेको उनले बताए । प्रशिक्षक पाठकले नेपाली खेलाडीको स्ट्रेन्थ र प्यासन राम्रो रहेको पनि उल्लेख गरे । क्रिकेटप्रति धेरै लगाव भएको टोलीलाई प्रशिक्षण गर्न पाउनुले छुट्टै आनन्द मिल्ने उनको बुझाइ छ ।

आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर नेपालमा आयोजना हुनुले नेपाली महिला खेलाडीमा ठूलो आत्मविश्वास पनि बढ्ने प्रशिक्षक पाठकको विश्वास छ । आफू प्रशिक्षक हुँदा थाइल्यान्ड विश्वकपमा छनोट भएकाले त्यसको अनुभव महत्वपूर्ण उनी बताउँछन् । नेपाली खेलाडीमा क्रिकेटप्रति बलियो लगाव र क्षमता हुनु नै जितका लागि महत्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । उनीहरूका लागि राम्रो वातावरण बनाउन सके नतिजा पनि आउने उनी बताउँछन् । आफ्नो योजनाप्रति खेलाडी स्पष्ट हुनुपर्ने उनले औंल्याए । जहाँ र जुन प्रतियोगिता खेले पनि त्यहाँबाट खेलाडीले सिकेर अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।


प्रकाशित मिति: ८ पुष २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?