Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

अवधि समुदायमा भौंरी पर्व


१८ असार ,खजुरा । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेसी समुदायले भौंरी पर्व मनाएका छन् । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कपिलवस्तुलगायत मधेसी समुदायको बहुल्य भएको स्थानमा यो पर्व मनाउने गरिन्छ ।

मधेसी समुदायका अवधि भाषीहरूले भौंरी पर्व धुमधामसँग मनाएका हुन् । यो पर्व मान्ने समुदायका व्यक्तिले भौंरी पर्वका दिन बिहानै घरको गोठ लिपपोत गर्छन् । भौंरी पकाउन गहुँको पिठो मुछी पूर्णिमा अर्थात पूर्ण गोलो आकारको परिकार बनाउने गर्छन् ।

गोलो आकारको परिकार बनाइसकेपछि गाई गोरुको गोबरबाट बनेको गुइँठा बनाई गाईगोरु बस्ने गोठमै गुइँठाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ । जसलाई भौंरी भन्ने गरिन्छ ।

अवधि समुदायमा यो पर्वको छुट्टै महत्त्व छ । गाईगोरु नै घरको सम्पत्ति हो भन्ने विश्वासले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरू विधिवत्रूपले पकाइसकेपछि केराको पातमा राखी अगियार अर्थात् पूजा गर्ने गरिन्छ ।

सर्वप्रथम आफूलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफ्ना घरका अन्य सदस्यले खाने गर्छन् । विशेषगरी दही, भेली र चिनीसँग भौंरी खाने गरिन्छ ।

आजकै दिनमा मधेसी समुदायमा विवाहित छोरी चेलीहरू माइत जाने र ज्वाइँलाई ससुरालीमा बोलाएर भौंरीसँग मिठो परिकार खुवाउने प्रचलन रहेको नेपालगञ्ज–६ का अवधि अगुवा शिवप्रसाद पाठकले बताए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?