Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

अवधि समुदायमा भौंरी पर्व


१८ असार ,खजुरा । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेसी समुदायले भौंरी पर्व मनाएका छन् । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कपिलवस्तुलगायत मधेसी समुदायको बहुल्य भएको स्थानमा यो पर्व मनाउने गरिन्छ ।

मधेसी समुदायका अवधि भाषीहरूले भौंरी पर्व धुमधामसँग मनाएका हुन् । यो पर्व मान्ने समुदायका व्यक्तिले भौंरी पर्वका दिन बिहानै घरको गोठ लिपपोत गर्छन् । भौंरी पकाउन गहुँको पिठो मुछी पूर्णिमा अर्थात पूर्ण गोलो आकारको परिकार बनाउने गर्छन् ।

गोलो आकारको परिकार बनाइसकेपछि गाई गोरुको गोबरबाट बनेको गुइँठा बनाई गाईगोरु बस्ने गोठमै गुइँठाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ । जसलाई भौंरी भन्ने गरिन्छ ।

अवधि समुदायमा यो पर्वको छुट्टै महत्त्व छ । गाईगोरु नै घरको सम्पत्ति हो भन्ने विश्वासले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरू विधिवत्रूपले पकाइसकेपछि केराको पातमा राखी अगियार अर्थात् पूजा गर्ने गरिन्छ ।

सर्वप्रथम आफूलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफ्ना घरका अन्य सदस्यले खाने गर्छन् । विशेषगरी दही, भेली र चिनीसँग भौंरी खाने गरिन्छ ।

आजकै दिनमा मधेसी समुदायमा विवाहित छोरी चेलीहरू माइत जाने र ज्वाइँलाई ससुरालीमा बोलाएर भौंरीसँग मिठो परिकार खुवाउने प्रचलन रहेको नेपालगञ्ज–६ का अवधि अगुवा शिवप्रसाद पाठकले बताए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?