काठमाडौं। केन्द्रीय दुग्ध सहकारी संघले बिहीबार चक्काजाम गर्ने घोषणा गरेको छ । देशभर बिहान १० बजे देखि १२ बजेसम्म संघले चक्काजाम गर्ने घोषणा गरेको हो । त्यस्तै, दुग्ध सहकारी संघले दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् भने विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न
गण्डकी। पोखरा महानगरपालिकाले सञ्चालन गरेको सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विगतमा सुन्तला प्रशस्त फल्ने गरेका भरतपोखरी, हङ्सपुर, पुरञ्चौरलगायत स्थानमा सिक्टस ग्रिनिङलगायत प्रकोपका कारण एक दशकअघि नै सुन्तला खेती सखापै भए पनि यहाँका फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायत स्थानमा भने सुन्तला खेती गरिँदै आइएको छ ।
भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुग्दा ७१ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको हो । प्रदेशका ५७ प्रतिशत किसानको
चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले ‘पोखरी योजना’ को सुरुआत गरेको छ । प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ । जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ । टारी खेतबारीलाई लक्षित गरेर बर्सादमा रोपाइँ गर्न
काठमाडौं । दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो।
डोटी। डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनले चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउछन् । वर्षमा दुई बाली धान भित्र्याउँदा दोब्बर फाइदा हुने कार्की बताउछन् । यो वर्षका लागि उनले चैते धानको बेर्ना छरिसकेका छन् । “गहुँ काटिसकेपछि जमिन
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. आरजू राणाले दूध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कात्तिक १५ गते कृषि समितिले सरकारलाई दूध किसानहरूको रकम भुक्तानी गर्न निर्देशन पठाएको थियो त्यो कहाँ पुग्यो ?’ उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयनको विषयमा
बेदकोट,कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ । त्यसैगरी, बेलडाँडी-५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ । चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा
लुम्बिनी। प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आइतबार आयोजना गरिएको कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तरक्रियामा सो कुरामा जोड दिएका हुन् । त्यस्तै, पछिल्लो समयमा
काठमाडौ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित सहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री