Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

चीनकाे अनाैठाे बाँस


चीनमा एक प्रकारको बाँसको रूख छ जसलाई पाँच वर्षसम्म एक दिन नविराइ हरेक दिन पानी हाल्नुपर्छ । यी पाँच वर्षसम्म यो बाँसको रुखले वृद्धिको कुनै संकेत देखाउँदैन । टुसासम्म पलाउँदैन । यो जमिन भित्रै रहिरहन्छ ।

यो बासले तपाईंलाई पाँच वर्षसम्म पर्खन बाध्य पार्छ । यसले टुसाउने कुनै संकेत नदेखाउँदा पनि तपाईले आफ्नो समय र स्रोतहरू पाँच वर्षसम्म लगातार लगानी गरिरहनु पर्ने हुन्छ ।जब पाँचौं वर्षमा पुग्छ तब बल्ल टुसा पलाउँछ । तर भइदिन्छ के भने टुसा पलाएको ६ हप्ता भित्र यो बाँस ८० फिट अग्लो हुन्छ ।

यो बाँसको रूख हामीले सिक्नुपर्ने एउटा पाठ हो । यो बाँसको बोटले जीवनमा किन धैर्य आवश्यक पर्छ भनेर सिकाउँछ । यहाँ प्रश्न आउछ, के तपाईं पाँच वर्षको लागि कुनै सीप वा व्यवसाय सिक्न लगनशीलतापूर्वक आफ्नो समय समर्पित गर्न सक्नुहुन्छ ? सक्नुहुन्न भने तपाई सफल हुन पनि सक्नुहुन्न । किनभने सफल हुन निरन्तरको परिश्रम र धैर्य गर्न सिक्नुपर्छ ।

यो पाँच वर्ष यदि तपाइले अनवरत रुपमा आफै माथी लगानी गर्नुहुहुन्छ भने बल्ल तपाइको द्रुत सफलता सम्भव हुन्छ । होइन, आजको भोलि चाहिने हो भने कुनै स्थायी सफलता सम्भव हुँदैन ।

यसैले, आफैलाई समय दिनुहोस् । आफ्नो सीप विकास गर्न समय दिनुहोस् । आफ्नो व्यवसायलाई समय दिनुहोस् । आफ्नो सिकाइलाई समय दिनुहोस्। हतारमा गर्न बन्द गर्नुहोस् । किनभने तिमी टुप्पोबाट रुख चढ्दैनौ, जमिनबाट चढ्छौ ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?