Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चीनकाे अनाैठाे बाँस


चीनमा एक प्रकारको बाँसको रूख छ जसलाई पाँच वर्षसम्म एक दिन नविराइ हरेक दिन पानी हाल्नुपर्छ । यी पाँच वर्षसम्म यो बाँसको रुखले वृद्धिको कुनै संकेत देखाउँदैन । टुसासम्म पलाउँदैन । यो जमिन भित्रै रहिरहन्छ ।

यो बासले तपाईंलाई पाँच वर्षसम्म पर्खन बाध्य पार्छ । यसले टुसाउने कुनै संकेत नदेखाउँदा पनि तपाईले आफ्नो समय र स्रोतहरू पाँच वर्षसम्म लगातार लगानी गरिरहनु पर्ने हुन्छ ।जब पाँचौं वर्षमा पुग्छ तब बल्ल टुसा पलाउँछ । तर भइदिन्छ के भने टुसा पलाएको ६ हप्ता भित्र यो बाँस ८० फिट अग्लो हुन्छ ।

यो बाँसको रूख हामीले सिक्नुपर्ने एउटा पाठ हो । यो बाँसको बोटले जीवनमा किन धैर्य आवश्यक पर्छ भनेर सिकाउँछ । यहाँ प्रश्न आउछ, के तपाईं पाँच वर्षको लागि कुनै सीप वा व्यवसाय सिक्न लगनशीलतापूर्वक आफ्नो समय समर्पित गर्न सक्नुहुन्छ ? सक्नुहुन्न भने तपाई सफल हुन पनि सक्नुहुन्न । किनभने सफल हुन निरन्तरको परिश्रम र धैर्य गर्न सिक्नुपर्छ ।

यो पाँच वर्ष यदि तपाइले अनवरत रुपमा आफै माथी लगानी गर्नुहुहुन्छ भने बल्ल तपाइको द्रुत सफलता सम्भव हुन्छ । होइन, आजको भोलि चाहिने हो भने कुनै स्थायी सफलता सम्भव हुँदैन ।

यसैले, आफैलाई समय दिनुहोस् । आफ्नो सीप विकास गर्न समय दिनुहोस् । आफ्नो व्यवसायलाई समय दिनुहोस् । आफ्नो सिकाइलाई समय दिनुहोस्। हतारमा गर्न बन्द गर्नुहोस् । किनभने तिमी टुप्पोबाट रुख चढ्दैनौ, जमिनबाट चढ्छौ ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?