Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बहुगुणी पिपलाः खाना पचाउनेदेखि कुष्ठरोगकाे अचुक औषधी !


-पिपला एउटा भूँइमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो। सहारा पाएको खण्डमा यो रुख वा झ्याँङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरूको मद्धतले भुइँमा फैलिदै जान्छ।
यो हल्का सुगन्धित हुन्छ।
-नेपालमा व्यापारिक महत्वका piper longum, piper peepuloides पिपलामा छन् र हाल मलेसियाबाट आयात गरिने पिपलाको फल हो, जसलाई इन्डोनेसियन वा जाभा पिपला भनिन्छ।

-यसका पातहरू मुटु आकारका ६–१० से.मी. लामा र ३ देखि ५ से.मी. चौडा हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र हरियो हुन्छ भने तल्लो सतह फिका हरियो हुन्छ।

-यसमा भाले र पोथी फूलहरू अलग अलगै हुन्छन्। फूलहरू मसिना र लामो डाँठमा लाग्दछन्। भाले फूलहरूको डाँठ भन्दा लामो मसिनो र हल्का पहेँलो हुन्छ। भाले फुलहरू लाग्ने डाँठ २.५ देखि ७.५ से.मी लामा हृन्छन् भने पोथी फूलहरू लाग्ने डाँठ १.२५ – २ से.मी. सम्म लामो, केही मोटा हुन्छन्।

-यिनीहरू पहिला हरियो र पाकेपछि काला हुन्छन्।यो भारत, भुटान, श्रीलङ्का, मलेसिया लगायत नेपालमा २०० देखि ८०० मीटर सम्मको उचाइमा पाइन्छ।

-यो खास गरी सालको जंगल, खोल्सा तथा जंगल भित्रका सेपिला र चिस्यान हुने ठाउँहरूमा हुर्कन्छ। यसको लागि वर्षा बढी हुने र गर्मी बढी हुने ठाउँ उपयुक्त हुन्छ। चून मिसिएको माटो यसको लागि राम्रो मानिन्छ।
-पिपलाको फल मसलाको साथै औषधीको रूपमा प्रयोग गरिन्छ। यसको डाँठ पनि प्रयोग गरिन्छ जसलाई पिपलामूल भन्ने गरिन्छ।
-फल र डाँठ दुवै व्यापारिक महत्वका छन्। फलहरू कफ, खोकी, दम, खाना पचाउने, कुष्ठरोग निको पार्नको लागि प्रयोग गरिन्छ।
साथै मांसपेशी दुखेको वा जलनमा समेत यसको प्रयोग गरिन्छ।
-यसका फलहरूबाट ०.७ प्रतिशत सम्म तेल निस्कन्छ। यसको फलमा पिपरिन, पिपलाटिन जस्ता तत्वहरू पाइन्छ जब कि जरामा पिपरिन बाहेक पाइपर लंगुमिनिन र लंगृमिन जस्ता तत्वहरू पाइन्छन्।
-फलहरू विरुवा लगाएको १८ महिना पछि लाग्दछन् लगातार तीन वर्ष फलेपछि बोट धेरै झाँगिन्छ र फल लाग्ने क्रम कम हुदै जान्छ। त्यसकारण biru रुवाहरूको डाँठहरू पनि संकलन गरी विक्री गर्न सकिन्छ।


प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?