Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्राकृतिक बरदान सिस्नुः केश झर्नदेखि नपुंसकता र बाँझोपन राेक्नेसम्म !


–सिस्नुको नियमित प्रयोगले मिर्गाैलामा हुने समस्याबाट बच्न सकिन्छ । त्यस्तै, पिसाब पोल्ने, दम, बाथ, रक्तअल्पता आदि रोगमा पनि यसले फाइदा गर्छ । यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।

–महिनावारी अनियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, खाना नरुच्ने, मधुमेह, उच्चरक्तचाप, जन्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, रक्तअल्पता, नपुंसकता, बाँझोपन भएका बिरामीका लागि पनि सिस्नु उपयोगी मानिन्छ ।

–पुरुषको शुक्रकिट उत्पादन, भाँचिएका एवं मर्केका हाडलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरीरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउनमा पनि सिस्नु सहयोगी हुनसक्छ । ढाड, घु“डा र जोर्नी दुख्ने जस्ता रोगमा यसको पाउडर उपयोगी हुन्छ ।

–सिस्नुमा भिटामिन तथा खनिज तत्वहरू पोटासियम, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले यो शाकाहारीहरूका लागि उत्तम खाद्य पनि हो ।

–सिस्नुको मेहन्दी बनाएर केशमा लगाउँदा केश झर्नबाट रोक्छ भने केशको चायाँ पनि हटाउँछ ।

–सिस्नु मानव स्वास्थ्यका लागि मात्र नभई जीवजन्तुका लागि पनि बहुउपयोगी छ । सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने अनुसन्धानहरूले देखाएका छन् । सिस्नुलाई दानाका रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रा समेत उल्लेख्य वृद्धि हुने शोधबाट प्रमाणित भैसकेको छ ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?