काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। आइतबारका लागि निर्धारित थोक मूल्यसूची अनुसार नेपाली रातो आलुको थोक मूल्य प्रतिकेजी औसत ४५ रुपैयाँ प्रतिकेजी छ।
कालिमाटी तरकारी बजारमा आज आइतबारका लागि निर्धारित थोक मूल्य सुची अनुसार भारतीय रातो आलुको मूल्य औसत ३९ रुपैयाँ प्रतिकेजी रहेको छ।
आजको लागि नेपालि र भारतीय ठूलो गोलभेडाको कारोबार दर बराबर औसत ७५ रुपैयाँ रहेको छ।
प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार