Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

चैते धान : पाक्न छिटाे,खान मिठो !


धान नेपालको एक प्रमुख खाद्यान्न बाली हो । कृषि मन्त्रालयको आंकडा अनुसार, नेपालको कूल खेती योग्य जग्गाको १३.४ लाख हेक्टरमा धान खेती गरिन्छ र यसको औषत उत्पादन ३.१२ मे.टन प्रति हेक्टर छ जुन हाम्रो छिमेकी राष्ट्रहरुको तुलनामा धेरै कम हो (कृषि तथ्यांक पुस्तिका) । हाल कूल खेती योग्य जग्गाको ६.७ लाख हेक्टर जग्गामा सिंचाईको सुविधा भएपनि २.७ लाख हेक्टर जग्गामा मात्रै बर्ष भरी सिंचाई हुन्छ ।

धान खेती हुने क्षेत्रफल बढाउन एकदमै कम सम्भावना भएको अवस्थामा धानको कूल उत्पादन बढाउन प्रति इकाई प्रति वर्ष उत्पादकत्व बढाउनु वाहेक अरु कुनै विकल्प छैन । कूल धान खेती हुने क्षेत्रफलको लगभग १५% जग्गामा मात्रै चैते याममा धान खेती गरिन्छ र यसको मुख्य कारण सिंचाईको असुबिधा र चाँडै पाक्ने धानका जातहरुको कमी हुनु हो ।

हालसम्म चैते याममा धान खेतीको लागि मसिनो दाना हुने तथा बढी फल्ने जात नभएकोले राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले अन्तरराष्ट्रिय धान अनुसन्धान संस्था, फिलिपिन्स, नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेका अन्य फार्मरकेन्द्रहरुको सहकार्य तथा कृषकहरुको सहभागितामा धानको जातीय छनौट परीक्षण कार्य निरन्तर संचालन गर्दै आईरहेको छ ।

यसैक्रममा अन्तरराष्ट्रिय धान अनुसन्धान संस्था, फिलिपिन्सबाट इन्जर नर्सरी मार्फत् प्राप्त विभिन्न धानका जिनोटाईपहरु ई सं २००९ देखि २०१५ सम्मको विभिन्न परीक्षणहरु पश्चात् वर्षे र चैतै दुबै यामको लागि उपयुक्त हुने पी.के.३३३१९–९–१–१–५–३–५–४–१ नामक धानको जिनोटाईप चैते–५ को नामले सिफारिस गरेको छ । यो जात चाँडो पाक्ने, मसिनो दाना हुने,खानमा मिठो, बढी उत्पादन दिने तथा रोग कीरा सहन सक्छ ।


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?