Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चैते धान : पाक्न छिटाे,खान मिठो !


धान नेपालको एक प्रमुख खाद्यान्न बाली हो । कृषि मन्त्रालयको आंकडा अनुसार, नेपालको कूल खेती योग्य जग्गाको १३.४ लाख हेक्टरमा धान खेती गरिन्छ र यसको औषत उत्पादन ३.१२ मे.टन प्रति हेक्टर छ जुन हाम्रो छिमेकी राष्ट्रहरुको तुलनामा धेरै कम हो (कृषि तथ्यांक पुस्तिका) । हाल कूल खेती योग्य जग्गाको ६.७ लाख हेक्टर जग्गामा सिंचाईको सुविधा भएपनि २.७ लाख हेक्टर जग्गामा मात्रै बर्ष भरी सिंचाई हुन्छ ।

धान खेती हुने क्षेत्रफल बढाउन एकदमै कम सम्भावना भएको अवस्थामा धानको कूल उत्पादन बढाउन प्रति इकाई प्रति वर्ष उत्पादकत्व बढाउनु वाहेक अरु कुनै विकल्प छैन । कूल धान खेती हुने क्षेत्रफलको लगभग १५% जग्गामा मात्रै चैते याममा धान खेती गरिन्छ र यसको मुख्य कारण सिंचाईको असुबिधा र चाँडै पाक्ने धानका जातहरुको कमी हुनु हो ।

हालसम्म चैते याममा धान खेतीको लागि मसिनो दाना हुने तथा बढी फल्ने जात नभएकोले राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले अन्तरराष्ट्रिय धान अनुसन्धान संस्था, फिलिपिन्स, नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेका अन्य फार्मरकेन्द्रहरुको सहकार्य तथा कृषकहरुको सहभागितामा धानको जातीय छनौट परीक्षण कार्य निरन्तर संचालन गर्दै आईरहेको छ ।

यसैक्रममा अन्तरराष्ट्रिय धान अनुसन्धान संस्था, फिलिपिन्सबाट इन्जर नर्सरी मार्फत् प्राप्त विभिन्न धानका जिनोटाईपहरु ई सं २००९ देखि २०१५ सम्मको विभिन्न परीक्षणहरु पश्चात् वर्षे र चैतै दुबै यामको लागि उपयुक्त हुने पी.के.३३३१९–९–१–१–५–३–५–४–१ नामक धानको जिनोटाईप चैते–५ को नामले सिफारिस गरेको छ । यो जात चाँडो पाक्ने, मसिनो दाना हुने,खानमा मिठो, बढी उत्पादन दिने तथा रोग कीरा सहन सक्छ ।


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?