Trending
>>   सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल >>   नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो >>   क्याम्पस प्रमुख हरिभूषण हत्याको मुख्य आरोपी नेपाली सेनाका भगौडा रहेको खुलासा >>   सिरिया–लेबनान सीमामा यातायात सुचारु >>   इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट >>   गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास >>   स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु >>   क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन >>   ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग >>   आज मिति २०८१ साल मङ्सिर १३ गते बिहिबार ,हेर्नुहोस आजको राशिफल
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

कृषि


वर्षाले धानबालीमा क्षति

२१ ,असोज ,काठमाडौँ । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले

कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

वीरगञ्ज । लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए । प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि हाल दुई जना

धानमा रोग लागेपछि दाङका किसान चिन्तित

तुलसीपुर, दाङ । फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ । “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भने “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको

७२ प्रतिशत कृषि पेसामा निर्भर : मलको जहिल्यै अभाव

९ ,असोज ,महेन्द्रनगर । उनान्साठी हजार छ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कञ्चनपुरमा ७२ प्रतिशत कृषि पेसामा निर्भर नागरिक छन् । खेतीयोग्य जमिनमध्ये यहाँ सबैभन्दा बढी ४८ हजार चार सय हेक्टरमा धान खेती हुँदै आएको छ तर वर्षौंदेखि कृषिमा निर्भर किसानले आवश्यक रासायनिक मलखाद पाउन नसकेको अवस्था छ । खेतीको

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

७ ,असोज ,गलकोट (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उनको स्याउ

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

६ ,असोज ,बागलुङ।   निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भ्यिाउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने गरेका छन् । तर आलुले भने उचित बजार नपाएको

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

६ ,असोज ,भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले रैथाने बालीको संरक्षण गर्नेभएको छ । पछिल्लो समयमा यहाँका पोषणयुक्त रैथानेबाली हराउँदै गएकाले यस्ता बालीको संरक्षण गरिने भएको हो । भोजपुरका सबै स्थानीय तह, कृषक, कृषि सहकारी लगायतसँगको सहकार्यमा रैथानेबालीको विकास तथा संरक्षण गरिने पत्रकार

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

६ ,असोज ,झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ । यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए । विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका उप्रेतीले

बाँझो जमिनमा सामूहिक आलुखेती

५ ,असोज ,म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन् । समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघिदेखि बाँझो रहेको जमिनमा खनजोत गरेर सामूहिकरूपमा

घाटा खाएर आलु बिक्री गर्दै किसान

४ ,असोज ,भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताए । किसानले गत

सम्वन्धित समाचारहरु