Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट


काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले कायरोमा गाजा पट्टीमा युद्धविरामका लागि संयुक्त प्रयासका लागि छलफल गर्न वार्ता गरेका छन् । बैठकमा उनीहरुले बन्धक र बन्दीहरूलाई रिहा गर्ने प्रयासका साथै गाजा पट्टीमा राहत सहायता पु¥याउने विषयमा पनि छलफल गरेका छन् ।

प्यालेस्टिनी जनतालाई समर्थन गर्न र अन्तर्राष्ट्रिय वैधानिकता प्रश्तावहरू बमोजिम स्वतन्त्र, सार्वभौम राज्य स्थापना गर्न र प्यालेस्टाइनको राष्ट्रिय हितको रक्षा गर्न साथै उनीहरूको वैधानिक अधिकारको संरक्षण गर्न ठोस प्रयासको महत्वमा छलफलमा जोड दिइएका छन् । प्यालेस्टिनी जनताको पीडा कम गर्न आवश्यक मानवीय सहयोग उपलब्ध गराउन गम्भीर कदम चाल्न पनि आग्रह गरेका छन् । कतारी प्रधानमन्त्रीले गाजाका जनतालाई मानवीय सहायता उपलब्ध गराउन इजिप्टको निरन्तर प्रयासको लागि आफ्नो देशको प्रशंसा व्यक्त गरे ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?