Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट


काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले कायरोमा गाजा पट्टीमा युद्धविरामका लागि संयुक्त प्रयासका लागि छलफल गर्न वार्ता गरेका छन् । बैठकमा उनीहरुले बन्धक र बन्दीहरूलाई रिहा गर्ने प्रयासका साथै गाजा पट्टीमा राहत सहायता पु¥याउने विषयमा पनि छलफल गरेका छन् ।

प्यालेस्टिनी जनतालाई समर्थन गर्न र अन्तर्राष्ट्रिय वैधानिकता प्रश्तावहरू बमोजिम स्वतन्त्र, सार्वभौम राज्य स्थापना गर्न र प्यालेस्टाइनको राष्ट्रिय हितको रक्षा गर्न साथै उनीहरूको वैधानिक अधिकारको संरक्षण गर्न ठोस प्रयासको महत्वमा छलफलमा जोड दिइएका छन् । प्यालेस्टिनी जनताको पीडा कम गर्न आवश्यक मानवीय सहयोग उपलब्ध गराउन गम्भीर कदम चाल्न पनि आग्रह गरेका छन् । कतारी प्रधानमन्त्रीले गाजाका जनतालाई मानवीय सहायता उपलब्ध गराउन इजिप्टको निरन्तर प्रयासको लागि आफ्नो देशको प्रशंसा व्यक्त गरे ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?