Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित


वीरगञ्ज । लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ ।

कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए । प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि हाल दुई जना प्राविधिक जनशक्तिसहित चार जना कर्मचारी मात्र कार्यरत छन् ।

कार्यालयमा एक जना वरिष्ठ कृषि विकास अधिकृत, एक जना अर्थविज्ञ, एक जना बाली विकास अधिकृत, एक जना बाली संरक्षण अधिकृत, एक जना कृषि प्रसार अधिकृत र एक जना बागवानी विकास अधिकृतको दरबन्दी भए पनि हाल वरिष्ठ कृषि विकास अधिकृतको रुपमा कार्यालय प्रमुख कुशवाहा मात्र कार्यरत रहेका छन् ।

यस्तै सो कार्यालयमा प्राविधिक सहायक तीन , लेखापाल एक , खरिदार एक, कार्यालय सहयोगी तीन र हलुका सवारी चालक एकजनाको दरबन्दी रहेकोमा स्थायी एक जना र करारमा एक जना गरी दुई जना कार्यालय सहयोगी मात्र कार्यरत रहेको कार्यालय प्रमुख कुशवाहाले बताए ।

एक जना हलुका सवारी चालकलाई करारमा राखिएको छ । कार्यालयमा तत्काल बाली संरक्षण, योजना, बागवानी विकास अधिकृतको पदपूर्ति आवश्यक भएको उनले बताए ।

ती पदको कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न र आवश्यक कृषिसम्बन्धी परामर्श दिन समस्या भएको कार्यालय प्रमुख कुशवाहाको भनाइ छ । जिल्लाका कतिपय क्षेत्रमा धानबालीमा गवारो किराको प्रकोप देखिए पनि कर्मचारी अभावका कारणसम्बन्धी क्षेत्रमा पुगेर आवश्यक परामर्श सेवा पुर्याउन कठिनाइ भएको उनले बताए ।

यस्तै कार्यालयमा लेखापाल नहुँदा आर्थिक कारोबार गर्न समस्या भइरहेको र समय समयमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बोलाएर काम गर्ने गरेको उनको गुनासो छ ।

त्यस्तै बाली संरक्षण अधिकृत नहुँदा विषादी पसल खोल्न इजाजत दिने एवं त्यस्ता पसलको नवीकरण गर्ने काम अवरुद्ध भएको प्रमुख कुशवाहाले बताए ।सीमित जनशक्तिका बाबजुत कार्यालयको कामसँगै धानबालीमा देखिएको रोग किराको समस्या नियन्त्रण गर्न किसानको खेतखेतमा पुगिरहेको उनको भनाइ छ ।

कार्यालयमा देखिएको जनशक्ति अभावबारे प्रदेश मन्त्रालय तथा कृषि निर्देशनालयमा पटकपटक जानकारी गराएर कर्मचारी माग गरे पनि हालसम्म पदपूर्ति नभएको उनले बताए ।


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?