Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु


काठमाडौँ । स्पेनको दक्षिणपूर्वी शहर इबीमा रहेको एउटा कारखानामा बुधवार भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

भ्यालेन्सिया क्षेत्रका लागि स्पेनी सरकारी प्रतिनिधि पिलार बर्नाबेले एलिसेन्टेबाट करिव ३५ किलोमिटर टाढा इबीको इन्डस्ट्रियास क्लाइम्बर कारखानामा भएको विस्फोटमा मृत्यु भएको पुष्टि गरेका छन् । बेर्नाबेले विष्फोट हुँदा भवनको छाना र पर्खालको केही भाग भत्किएको र धेरै मानिस भग्नावशेषमा फसेको बेला भवनमा ३९ जना रहेको बताएका छन् ।

मृतकका साथै, विस्फोटबाट तीन जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई नजिकैको एलिसेन्टे, भ्यालेन्सिया र अल्कोयका अस्पतालहरूमा लगिएको छ । विस्फोटमा परी थप तीन जना सामान्य घाइते भएका छन् । अधिकारीहरूले विस्फोटको कारणको लागि अनुसन्धान शुरु भएको बताएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?