Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु


काठमाडौँ । स्पेनको दक्षिणपूर्वी शहर इबीमा रहेको एउटा कारखानामा बुधवार भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

भ्यालेन्सिया क्षेत्रका लागि स्पेनी सरकारी प्रतिनिधि पिलार बर्नाबेले एलिसेन्टेबाट करिव ३५ किलोमिटर टाढा इबीको इन्डस्ट्रियास क्लाइम्बर कारखानामा भएको विस्फोटमा मृत्यु भएको पुष्टि गरेका छन् । बेर्नाबेले विष्फोट हुँदा भवनको छाना र पर्खालको केही भाग भत्किएको र धेरै मानिस भग्नावशेषमा फसेको बेला भवनमा ३९ जना रहेको बताएका छन् ।

मृतकका साथै, विस्फोटबाट तीन जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई नजिकैको एलिसेन्टे, भ्यालेन्सिया र अल्कोयका अस्पतालहरूमा लगिएको छ । विस्फोटमा परी थप तीन जना सामान्य घाइते भएका छन् । अधिकारीहरूले विस्फोटको कारणको लागि अनुसन्धान शुरु भएको बताएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?