Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले आफूहरु फेरिएको स्वास्थ्य मन्त्रालय नभइ सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताए । उनले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभाविकारिता बढेको महशुस गराउन सक्नुपर्ने उल्लेख गरे । स्वास्थ्यमन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सिमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गरेका छन् । उनले निजी स्वास्थ्य संस्थाहरुले पनि नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताए।

उनले भने, ‘फेरिएको स्वास्थ्य मन्त्रालय मैले भन्न खोजेको होइन, सुधारिएको स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । टिप्पणीरहित स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभाविकारिता बढेको महशुस हामीले गराउन सक्नुपर्छ । त्यसपछि लोकतन्त्र आएको, समाजवाद लागू भएको अनुभुति गर्नसक्छौँ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी लिनुभएका व्यक्तिहरुलाई समाजले फरक ढंगबाट बुझ्न सक्नुपर्छ । मलाई मेरो पीडा मुक्त गरिदिने मान्छे हो भनेर । यसले देशको सेवा गरिरहेको छ । यसले समाजमा धेरै ठूलो योगदान पु¥याएको छ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारमा रहेका हरेकले शिर निहुराएर, समाजले त्यसरी बुझ्ने पहिचान बनाएर जान सक्नुपर्छ ।’

मन्त्री पौडेलले एक लाखको बीमालाई ५ लाख पु¥याउने, श्रोतको पक्षबाट बीमा बोर्डलाई सुनिश्चित गर्ने काममा लागिरहेको बताए । उनले आयुर्वेद वा वैकल्पिक चिकित्साको सन्दर्भमा उत्पादन गर्ने संस्था अत्याधिक घाटामा रहेको बताएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?