Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी


६ ,असोज ,झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ ।

यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए ।

विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् । उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्र्दै आएका छन् ।

तीमध्ये मेचीनगरमा लगाइएको फूल ढकमक्क फुलेर धमाधम बिक्री भइरहेको छ । उनको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि विर्तामोड, धुलाबारी र काँकरभिट्टाका सङ्घसंस्था धेरै आउने गरेका छन् ।

बाह्रै महिना सयपत्री फूलको उपलब्धता हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोहमा त्यही प्रयोग हुन थालेको उहाँले बताउनुभयो । उहाँले अग्रिम फूलका अर्डर गर्ने संस्थासंस्थाको कार्यक्रमस्थलमै माला पुर्याउने व्यवस्था मिलाइएको जानकारी दिए ।

“सयपत्री फूल फुल्न सिजन चाहिँदैन”, उनले भने, “गर्दा बाह्रैमास हुन्छ । व्यावसायिक रुपमा गरिरहेको छु, आम्दानी पनि भइरहेको छ ।” उनले उत्पादन गर्न सके बजारको समस्या नहुने बताए ।

उनको बारीमा फुलेको सयपत्री फूलप्रति माला रु ५० का दरले बिक्री हुने गरेको बताए । सयपत्री फूलको खेतीबाट थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।

जिल्लामा विगतका वर्षमा चाडपर्वलाई मात्रै लक्षित गरेर सयपत्रीको फूल उत्पादन गर्ने गरिएको थियो । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगत रुपमा फूलको व्यावसायिक खेती हुने गरेको हो ।

मेचीनगर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक विगाह जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलको खेती लगाएका छन् । स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अनुदानमा लगानी गर्ने हो भने फूलको परनिर्भरतालाई हटाउन सकिने उनको बुभाइ छ ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?