४ वैशाख, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा
४ वैशाख, गण्डकी । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम
३ वैशाख, महोत्तरी । वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्ने बित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको हो । ‘खेतबारीमा भान्टा, परवल, घिराैंला, झिगनी, रामतोरिया, करेला, फर्सी र लौकालगायत तरकारी फसल पानीको
२ वैशाख, कैलाली । कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो । खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक यस समयमा निकै व्यस्त छन् । धनगढी उपमहानगरपालिका–२ भन्सार कटानगाउँकी कृषक
२ वैशाख, उदयपुर । उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ । नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन् । लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल भञ्ज्याङस्थित राइचोकमा शुक्रबारदेखि पाँच दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए । “गाउँपालिकालाई समृद्ध
२ वैशाख ,मध्यविन्दु । नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आउनुभएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए। अन्य खेतीमा भन्दा भौगोलिक
१ वैशाख, पोखरा। पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ। महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले एम्बुलेन्स सेवाको सुरुवात गरेका हुन्। उनले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्याउन एम्बुलेन्स सञ्चालन गरेको जानकारी
३० चैत्र, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमटिर मूलनहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन ।
२९ चैत्र, काभ्रे । धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न
२९ चैत्र, काभ्रे । रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ। रासायनिक मलको आयातलाई प्रतिस्थापन गरी माटोको उर्वरा शक्तिलाई जोगाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सन्दर्भमा कम्पोष्ट मल उपयुक्त विकल्प हुने प्रालिका प्रबन्ध निर्देशक उषा