ललितपुर । विश्व वातावरण दिवसको अवसर पारेर नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति ललितपुरले वृक्षरोपण गरेको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर -६ सिद्धिपुरको सडक पेटीमा नेविसंघले कपुर , धुपी,असारे, काइँयो लगायत विभिन्न जातका ४० बिरुवा रोपेको नेविसङ्घ सभापति सरोज घोरासैनीले बताए। बृहत् वृक्षरोपण कार्यक्रमको संयोजन नेविसंघका जिल्ला सदस्य सक्षम महर्जनले गरेका थिए।नेपाली
चितवन। जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको
चितवन। जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो । पूर्वी चितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको माधवप्रसाद घिमिरेले बताए।
आलुको सेवनबाट दीर्घायु बन्न सकिन्छ भन्ने खबर सुन्दा धेरैलाइ आश्चर्य लाग्न सक्छ । सम्झनुहोस यस्तो आलुको सेवनले तपाईको आयुनै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने अनौठो (पर्पल पोटेटो) बैजनी आलुको । पेरू र बोलेभियामा उत्पत्तिस्थल मानिने वैजनी आलु १६ औं शताव्दीमै यूरोपतिर प्रवेश गरेको भएता पनि सन १९८०
काठमाडौँ। सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताएका छन् । “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने ।
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ । कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताउनुभयो । उहाँले नीति तथा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु प्रेरित प्रकोप र अन्य प्रभावले पर्वतीय जीवनशैली प्रभावित भएको बताउनुभएको
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । “हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गासिएको छ,
चितवन। भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिएका छन् । करेसाबारीका लागि हिउँदे र वसन्ते
सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गर्नुभएको हो । त्यहाँस्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न