Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताए । हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको देखाएको बताए । कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्र्धन र नविन कृषि प्रणालीमा ध्यान दिनुपर्ने जरुरी रहेको बताएका छन् । कृषिमा हरित लगानी बढाउने, नविकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरेका छन् ।

मन्त्री अधिकारीले भने, ‘जलवायु परिवर्तन, जैविक श्रोतहरुको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले हाम्रो कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ । हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको छ । हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा हामीले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकुलन प्रवद्र्धन र नविन कृषि प्रणालीमा ध्यान दिनुपर्छ । कृषिमा हरित लगानी बढाउने, नविकरणी उर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ । आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ । आजको हाम्रो पुँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्नसक्छाँै ।’

मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरुमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?