Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद


काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले धान रोपाईंको मुख्य समयमा समेत किसानले मल नपाएको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद साउदले यस्तो बताएका छन् । उनले किसानले समयमै मल नपाउँदा धानको उत्पादकत्वमा कमी आउँदा खाद्य सुरक्षामै असर पर्ने बताए । उनले जेठ महिनामै धान रोपाईं शुरु हुने कञ्चनपुरलगायतका जिल्लामा समेत मल उपलब्ध नभएको भन्दै आपत्ति जनाए । उनले किसानको लगानी, श्रम र आशामाथि तुषारापात गर्न नहुने बताएका छन् ।

उनले भने, ‘धान रोपाइँ चलिरहेको बेला किसानहरुलाई समयमै मल उपलब्ध गराउन नसक्नु गम्भिर विषय भएको छ । जेठ महिनामै रापाईं सुरु हुने कञ्चनपुर लगायतका जिल्लाहरुमा समयमा मल उपलब्ध गराउन सकिएको छैन । कृषकहरुको ठूलो लगानी, श्रम र आशामा तुषारापात भयो भने हाम्रो वर्षभरीकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूति समेत जोखिममा पर्ने देखिन्छ । कृषि प्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैंमा एउटा विडम्वना भएको छ ।’

सांसद साउदले मल आपूर्तिको समस्याको समाधानका लागि दीर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरे ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?