Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद


काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले धान रोपाईंको मुख्य समयमा समेत किसानले मल नपाएको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद साउदले यस्तो बताएका छन् । उनले किसानले समयमै मल नपाउँदा धानको उत्पादकत्वमा कमी आउँदा खाद्य सुरक्षामै असर पर्ने बताए । उनले जेठ महिनामै धान रोपाईं शुरु हुने कञ्चनपुरलगायतका जिल्लामा समेत मल उपलब्ध नभएको भन्दै आपत्ति जनाए । उनले किसानको लगानी, श्रम र आशामाथि तुषारापात गर्न नहुने बताएका छन् ।

उनले भने, ‘धान रोपाइँ चलिरहेको बेला किसानहरुलाई समयमै मल उपलब्ध गराउन नसक्नु गम्भिर विषय भएको छ । जेठ महिनामै रापाईं सुरु हुने कञ्चनपुर लगायतका जिल्लाहरुमा समयमा मल उपलब्ध गराउन सकिएको छैन । कृषकहरुको ठूलो लगानी, श्रम र आशामा तुषारापात भयो भने हाम्रो वर्षभरीकै खाद्य सुरक्षाको आधार र संवैधानिक प्रत्याभूति समेत जोखिममा पर्ने देखिन्छ । कृषि प्रधान देशले खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु आफैंमा एउटा विडम्वना भएको छ ।’

सांसद साउदले मल आपूर्तिको समस्याको समाधानका लागि दीर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरे ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?