Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कृषि र उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा हुँदैछः गभर्नर पौडेल


काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले समस्या भएका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ मौद्रिक नीति आउने बताएका छन् ।

आईतवार राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित मौद्रिक नीति पूर्वसन्ध्या अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् । उनले निष्कृय कर्जा (एनपिएल) बढी भएको क्षेत्र कृषि र उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा भइरहेको बताए । उनका अनुसार आगामी मौद्रिक नीति वित्त नीतिले निर्देशित गरेका कार्यक्रमहरूलाई सम्बोधन तथा समावेश गरिनेछ ।

गभर्नर पौडेलले भने–‘कृषि र उद्योग क्षेत्रमा एनपिएल बढी छ, जुन क्षेत्रमा कर्जा बढी जाओस् भन्ने चाहेका थियौं, तर त्यही क्षेत्रमा बढी एनपिएल देखियो । बढी एनपिएल हुँदैमा ती क्षेत्रलाई छोड्न मिल्दैन, साना व्यवसायी एमएसएमई बढाएर जानुपर्नेछ, लडाइमा सबैलाई दुःख हुन्छ, हाम्रो नीति पनि त्यहीअनुसारको ल्याउने गरी छलफलमा छ ।’

गभर्नर पौडेलले सबैलाई समेट्ने गरी मौद्रिक नीति ल्याइने बताए ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?