Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद गोपिबहादुर अछामीले मल अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले किसानहरू अहिले धान रोपाइँमा व्यस्त रहे पनि मल नपाएको गुनासो देशभरबाट आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले निजामति विधेयकमा पनि सबैको चासो रहेकोले राष्ट्रिय सभाले बद्मासी गर्न नहुने टिप्पणी गरे ।

उनले भने, ‘संघीय निजामति विधेयक प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा आइसकेको छ । त्यस विधेयकलाई कुलिङ पिरियड भन्दा राम्रो होला । अहिले त्यसकै चर्चा पनि छ । अझैपनि बद्मासी त्यसमा कतै हुँदै छ कि के हो ? भन्ने प्रश्न जन्मिएको छ । किसानहरु अहिले धान रोपिरहेका छन् । तरर मल पाइराखेका छैनन् भन्ने जताततैबाट कम्पलेनहरु आइरहेको छ । यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अध्यक्षज्यूमार्फत सरकारसँग खेतिमा लागेका किसानहरुलाई मलको सहज उपलब्धता गर्न माग गर्दछु ।’

संघीय निजामति विधेयकमा कुलिङ पिरियडबारे व्यवस्थामा भएको हेरफेर सुधार गरी पास गर्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?