सिरहाको लहान नगरपालिकामा अवस्थित ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ । पौराणिककालमा जनताको अत्यधिक सम्मान पाएका लोकनायक उनैको राजा सलहेसको वीरता झल्काउने गरी मुख्य प्रवेशद्वार निर्माण, फूलबारीका वरिपरि घेराबार, पोखरीको संरक्षण, निर्मित संरचनालाई मर्मतसम्भार तथा प्रयोग र अन्य पूर्वाधार निर्माण गरिने भएको छ ।
उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ । कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो । हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०/५० प्रतिशत गरी रु १८ लाख लागतमा कृषिउपज परिसरसँगै निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन रहेको
कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो । खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत
कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा दुई हजार छ सय ३१ हेक्टर
काठमाडौँ, १८ पुस (रासस) ः अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे.टन रहेकामा ३५ लाख २० हजार मे.टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान
चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर
गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हँुदै आएको हो । कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर
नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गर्नुभएका उहाँको फार्ममा हाल १९ हजार कुखुरा छन् । दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री
पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो । प्रदेश राजधानी हेटाँैडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो
काभ्रेपलाञ्चोक, १५ पुस (रासस): भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा गर्भवती महिलालाई वितरण गर्नुका साथै पोल्ट्री व्यवसायका चुनौतीबारे छलफल सञ्चालन गरिरहेको छ । हाल सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बालबालिकालाई कुपोषणबाट जोगाउन