Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित


यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र तथा मुस्ताङमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपरेपछि बालीनाली सुक्न थालेका छन् भने हिमालहरू कालोपत्थरमा परिणत हुँदै गएका छन् ।

हिउँदमा पानी नपरेपछि हिउँदे खेती सिँचाइको अभावमा खेत, बारीमा नै सुक्दै गएको म्याग्दीका अगुवा किसान चन्द्रवहादुर कार्कीले बताउनुभयो । पहिला यो समयमा मुस्ताङका खेतबारी र डाँडापाखा हिउँले ढाकिन्थे । तर यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको मुस्ताङको मार्फाका कृषक शोभा गुरुङले जानकारी दिनुभयो । म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गत वर्ष पुस नलाग्दै हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन् । समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गत वर्षभन्दा धेरै चिसो महसुस भएको उच्च लेकाली क्षेत्रका बासिन्दा बताउँछन् । हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रमसमेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन् ।

वनजङ्गलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जनलगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?