Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताएका छन् ।

नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कृषि र खानेपानी सम्बन्धी विषयमा सरकारले पटक पटक बैठक बसेर छलफल गरिरहेको र एउटा निष्कर्ष निकाल्ने चरणमा रहेको बताए । उनले मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन नसकेको र यो जलवायु परिवर्तनको प्रभाव रहेको बताए । मधेसमा खानेपानीको पनि हाहाकार रहेको बताए । रोपाईं गरिएका खेतहरुमा धाँजा फाटेर उत्पादन नै हुन नसक्ने स्थितिमा रहेको बताए ।

मन्त्री अधिकारीले भने, ‘जलवायु परिवर्तनको परिणाम आज अत्यन्त डरलाग्दो अवस्थामा छ । गएको शुक्रवारदेखि नेपाल सरकार हामी विशेष गरी कृषि सम्बन्धी र खानेपानी सम्बन्धी विषयमा पटक पटक बैठक गरेका छौँ । मुलुकको मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन सकेन । खानेपानीको हाहाकार छ । जमिनहरु धाँजा फाटेर उत्पादन हुन नसक्ने परिस्थिति जलवायु परिवर्तनका कारणले भएको छ ।’

मन्त्री अधिकारीले आवश्यक पर्ने ठाउँमा पानीको अभाव रहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?