Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताएका छन् ।

नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कृषि र खानेपानी सम्बन्धी विषयमा सरकारले पटक पटक बैठक बसेर छलफल गरिरहेको र एउटा निष्कर्ष निकाल्ने चरणमा रहेको बताए । उनले मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन नसकेको र यो जलवायु परिवर्तनको प्रभाव रहेको बताए । मधेसमा खानेपानीको पनि हाहाकार रहेको बताए । रोपाईं गरिएका खेतहरुमा धाँजा फाटेर उत्पादन नै हुन नसक्ने स्थितिमा रहेको बताए ।

मन्त्री अधिकारीले भने, ‘जलवायु परिवर्तनको परिणाम आज अत्यन्त डरलाग्दो अवस्थामा छ । गएको शुक्रवारदेखि नेपाल सरकार हामी विशेष गरी कृषि सम्बन्धी र खानेपानी सम्बन्धी विषयमा पटक पटक बैठक गरेका छौँ । मुलुकको मधेस प्रदेशमा अहिले ४६ प्रतिशत भन्दा बढी धान रोपाईं हुन सकेन । खानेपानीको हाहाकार छ । जमिनहरु धाँजा फाटेर उत्पादन हुन नसक्ने परिस्थिति जलवायु परिवर्तनका कारणले भएको छ ।’

मन्त्री अधिकारीले आवश्यक पर्ने ठाउँमा पानीको अभाव रहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?