Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताएका छन् ।

मन्त्री बनेको एक वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताएका हुन् । उनले रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको जानकारी दिए । यसबाट रासायानिक मल आपूर्ती तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा गरेको उनले बताए । अनुदानको मल वितरण कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन मल व्यवस्थापन सूचना प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको बताए। विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएको पनि बताए । कृषि तथा पशुपंक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको बताए । मन्त्री अधिकारीले कृषि क्षेत्रको एकीकृत कानूनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको र पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको बताए ।

उनले भने, ‘विगत लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको छ । जसमा रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको छ । यसबाट रासायानिक मल आपूर्ती तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको छु । अनुदानको मल वितरण कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन मल व्यवस्थापन सूचना प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको छ । विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएको छ । बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको छ । कृषि तथा पशुपंक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुनेगरी कार्यान्वयनमा ल्याइएको छ । कृषि क्षेत्रको एकीकृत कानूनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको छ । त्यसैगरी पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको छ ।’

मन्त्री अधिकारीले रैथाने बालीको संरक्षण,प्रवद्र्धन एंव प्रचार प्रसार गर्न साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको पनि बताएका छन् । बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण,प्रमाणीकरण लगायतका कार्य अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाईएको बताएका हुन् । गत मंसिरदेखि केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपंक्षी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी ईन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएको बताए ।

मन्त्री अधिकारीले भने, ‘ रैथाने बालीको संरक्षण,प्रवद्र्धन एंव यसको महत्वको प्रचार प्रसार गर्न मन्त्रालयको प्रश्तावमा मन्त्री परिषद्को बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । यसअघि हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा दुर्लभ हँुदै गएको याकको संरक्षणका लागि वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने घोषण गरी पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ । बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण,प्रमाणीकरण लगायतका कार्य अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाईएको छ । गत मंसिरदेखि केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपंक्षी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी ईन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएका छन् ।’

मन्त्री अधिकारीले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?