Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

बाह्रबिसेका गोरुपालक किसानलाई नगरपालिकाको अनुदान


सिन्धुपाल्चोक: बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रत्सानस्वरूप अनुदान दिएको छ।

पालिकाले एक कार्यक्रममार्फत प्रतिहल १० हजारका दरले अनुदान दिन सुरु गरेको हो। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद मोहनबहादुर बस्नेत थिए।

कार्यक्रमका उद्घाटन सांसद बस्नेत र प्रमुख बालकृण बस्नेतले गोरु जाेतेर गरेका थिए । नगरपालिकाका अनुसार पालिकामा सात सय ७६ हल गोरु छन् । रैथाने कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यस्वरूप अनुदान दिएको पालिकाले बताएको छ।

नगर प्रमुख बस्नेतका अनुसार ट्याक्टरजस्ता प्रविधिको प्रयोग भौगोलिक र प्राविधिक रूपमा जटिल हुने भएकाले नगरले अनुदान दिएर गोरुपालनलाई प्रोत्साहन गरिएको बताए।

नगरपालिकाका अनुसार अनुदान लिन गोरुको अनिवार्य बिमा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। नगरको माटोको उर्वरा शक्ति ह्रास हुँदै आएको कारणले गर्दा उर्वरा शक्ति प्रांगारिक मललाई जोड दिन कृषकलाई अनुदान दिएको पालिकाका प्रवक्ता विमलप्रसाद पौडेलले बताए।

बाह्रबिसे नगरपालिकाले जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । अनुदान ८० लाख बढी खर्च हुने अमुन गरेको नगर प्रमुख बस्नेतले बताए।

‘किसानको अपेक्षअनुसार प्रत्यसाहनअनुसार अनुदान दिएको हो । बस्नेतले भने, कृषकलाई हामीले भेदभाव गरेका छैन । यहाँको आवश्यक जे हो हामीले त्यहीअनुसार काम गरेका छौँ,’ मेयर बस्नेतले भने।

पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौँरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ। यसका लागि पालिकाले दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?