Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बाह्रबिसेका गोरुपालक किसानलाई नगरपालिकाको अनुदान


सिन्धुपाल्चोक: बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रत्सानस्वरूप अनुदान दिएको छ।

पालिकाले एक कार्यक्रममार्फत प्रतिहल १० हजारका दरले अनुदान दिन सुरु गरेको हो। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद मोहनबहादुर बस्नेत थिए।

कार्यक्रमका उद्घाटन सांसद बस्नेत र प्रमुख बालकृण बस्नेतले गोरु जाेतेर गरेका थिए । नगरपालिकाका अनुसार पालिकामा सात सय ७६ हल गोरु छन् । रैथाने कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यस्वरूप अनुदान दिएको पालिकाले बताएको छ।

नगर प्रमुख बस्नेतका अनुसार ट्याक्टरजस्ता प्रविधिको प्रयोग भौगोलिक र प्राविधिक रूपमा जटिल हुने भएकाले नगरले अनुदान दिएर गोरुपालनलाई प्रोत्साहन गरिएको बताए।

नगरपालिकाका अनुसार अनुदान लिन गोरुको अनिवार्य बिमा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। नगरको माटोको उर्वरा शक्ति ह्रास हुँदै आएको कारणले गर्दा उर्वरा शक्ति प्रांगारिक मललाई जोड दिन कृषकलाई अनुदान दिएको पालिकाका प्रवक्ता विमलप्रसाद पौडेलले बताए।

बाह्रबिसे नगरपालिकाले जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । अनुदान ८० लाख बढी खर्च हुने अमुन गरेको नगर प्रमुख बस्नेतले बताए।

‘किसानको अपेक्षअनुसार प्रत्यसाहनअनुसार अनुदान दिएको हो । बस्नेतले भने, कृषकलाई हामीले भेदभाव गरेका छैन । यहाँको आवश्यक जे हो हामीले त्यहीअनुसार काम गरेका छौँ,’ मेयर बस्नेतले भने।

पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौँरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ। यसका लागि पालिकाले दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?