Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

फलफूल खेतीमा रमाउँदै डोटीका युवा


डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उहाँले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । स्नातक तह उत्तीर्ण गर्नुभएका उहाँ विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जम्नुभएको छ ।

जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा काफली गन्याप फलफूल तथा तरकारी फार्म दर्ता गरी रु १० लाखको लगानीमा आफ्नौ निजी बाजो जमिनमा झण्डै ५४ रोपनी जमिनमा तीन हजार बोट कागती, अमिलो, सुन्तला केरा रोपेर उहाँले व्यावसायिक खेती सुरु गर्नुभएको छ । कागती खेतीबाट उहाँले वार्षिकरुपमा रु चार लाख आम्दानी लिनुभएको छ । लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उहाँ बताउनुहुन्छ । “खर्च कम, मलजल पनि थोरै भए पुग्ने, महेनत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् ।” किसान देउवाले भन्नुभयो । उहाँले बर्सेनि रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआजर्नमूलक काममा लगाउनुपर्ने सुझाव दिनुभयो । लामो समय भरतमा रोजगारी गरे पनि सोचेजस्तो कमाइ नभएकाले स्वदेशमा आई व्यावसायिक कृषि पेसामा लागेको बडीकेदार गाउँपालिका–५ थान्कोटका प्रकाश मल्लले बताउनुहुन्छ । भागरथी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी चार सय कागती र दुई सय सुन्तलाका बिरुवा लगाएको उहाँले जानकारी दिनुभयो । साथै वार्षिकरुपमा रु एक लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिनुभयो । स्थानीय सरकारले कृषि व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुदानमा ऋण, सीपमूलक तालिम, कृषि कार्यक्रम दिनुपर्ने उहाँको भनाइ छ ।

डोटी जिल्लामा कागती ८८ हेक्टर, निबुवा दुई सय ८१ हेक्टर, मौसम एक सय ७२ हेक्टर र सुन्तला तीन सय १३ हेक्टर, गरेर जम्मा आठ सय ५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूल खेती विस्तार भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?