Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

बजेटले अनुमान गरे जस्तो आम्दानी हुनसक्ने अवस्था छैनः पूर्वअर्थमन्त्री महत


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको बताएका छन् । उनले राजश्वको लक्ष्यलाई पूरा गर्न कमी कठिन रहेको बताउँदै त्यसमा सरकारले मिहिनेत गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।

उनले भने, “यो बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन । विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था छैन । वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन । र राजश्वको जुन लक्ष्य राखिएको छ, पहिले भन्दा घटाइएको छ । तै पनि, यो लक्ष्यलाई प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ । त्यसले गर्दा बजेटले जुन आम्दानीको स्रोत देखाएको छ, त्यो अनुसार आम्दानी नजुट्ने र त्यो आय ऋणबाट होस्, अनुदानबाट होस् या राजश्वबाट प्राप्त हुने जुन विनियोजन छ, त्यो किसिमको आय नहुने हुनाले विनियोजनमा पनि अवश्य समस्या हुने कुरामा दुई मत छैन ।”

आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने कोशिस गरेको बताए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?