Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

योग्य र नैतिक कर्मचारी छनोटमा लोकसेवा आयोगको भुमिका प्रशंसनीयः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले योग्य, नैतिक र जिम्मेवार कर्मचारी छनोटमा लोकसेवा आयोगले निर्वाह गर्दै आएको भुमिकाको प्रशंसा गरेका छन् ।

आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आईतवार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आयोगले सात दशकभन्दा बढी समयदेखि मुलुकको स्थायी प्रशासन सञ्चालनका लागि स्वच्छ र दक्ष जनशक्ति छनोट गर्दै आएको भन्दै प्रशंसा गरे । उनले लोकसेवा आयोगलाई प्रेरित, उच्च नैतिकता भएको, अनुशासित र राष्ट्रप्रति सद्भाव राख्ने कर्मचारी छनोटमा अझ सजग र चनाखो हुन आग्रह गरेका छन् ।

उनले भने, ‘मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रुपमा रहने योग्यतम् कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले साढे सात दशकको अवधीमा आफ्नो मूल सिद्धान्त, स्वच्छता र दक्षतालाई प्रमुख आधार मान्दै क्रियाशील रहनु प्रसंशनीय पक्ष हो । आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सबै वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य, दायित्व एवं जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ । सो उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्छन् भन्ने अर्थलाई हामीले बिर्सनु हुन्न ।’

नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भए यता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पिछडिएको क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?