Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो


एजेन्सी। अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीहरूले इजरायली सैन्य कारबाहीमा कुल ५९ हजार २९ प्यालेस्टिनीहरू मारिएका छन् । १ लाख ४२ हजार १ सय ३५ जना घाइते भएका छन् । मार्च १८ देखि ८ हजार १ सय ९६ जनाको मृत्यु र ३० हजार ९४ जना घाइते भएका छन् ।

पछिल्लो जानकारीअनुसार विगत २४ घण्टामा १ सय ३४ शव गाजा अस्पतालहरूमा स्थानान्तरण गरिएको छ । यस अवधिमा निरन्तर हवाई आक्रमणका कारण १ हजार १ सय ५५ जनालाई विभिन्न चोटपटक लागेको अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?