Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । करिव ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरु इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गरे । उनले इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्न आग्रह गरे ।

सचिव पौडेलले भने, ‘इजरायल र इरानबीच भीषण लडाईं भइरहेको छ । ७ हजार भन्दा बढी नेपालीहरु इजरायलमा छन् । केही संख्यामा इरानमा पनि नेपालीहरु रहेका छन् । उहाँहरुको सुरक्षाको निम्ति नेपाल सरकारले के पहल भइरहेको छ ? उहाँहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल होस् ।’

बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मतगरी सुचारु गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?