Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । करिव ७ हजार नेपाली इजरायलमा र केही नेपालीहरु इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गरे । उनले इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल गर्न आग्रह गरे ।

सचिव पौडेलले भने, ‘इजरायल र इरानबीच भीषण लडाईं भइरहेको छ । ७ हजार भन्दा बढी नेपालीहरु इजरायलमा छन् । केही संख्यामा इरानमा पनि नेपालीहरु रहेका छन् । उहाँहरुको सुरक्षाको निम्ति नेपाल सरकारले के पहल भइरहेको छ ? उहाँहरुको सुरक्षाका लागि कुटनीतिक वृत्तबाट तदारुकतासथ पहल होस् ।’

बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मतगरी सुचारु गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?