Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्यायोः सभापति खतिवडा


काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजनीतिक नेतृत्वले पद प्राप्त गरेलगत्तै नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आधात पुर्याएको बताएका छन् ।

लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले यस्तो बताएका हुन् । उनले लोकतन्त्र प्राप्तिपछि अहिले देखिएको निराशा र कुण्ठा अन्त्यका लागि लोकसेवा आयोग जस्तो निष्पक्ष संस्थाबाट राजीनित नेतृत्वबाट शिक्षा लिनुपर्ने आवश्यकता औंल्याएका थीए । उनले निष्पक्षता र योग्यताको आधारमा कार्य गर्ने संस्थाले मात्रै जनतामा लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउन सक्ने उल्लेख गर्दै लोक सेवा आयोगको प्रसंशा गरे ।

उनले भने, ‘लोकतन्त्र प्राप्तिपछि अहिले पनि निराशाका कुण्ठाहरु जिवित भएको बेलामा यस्ता कुण्ठाहरुलाई अन्त्य गर्नको लागि हामीले लोकसेवाबाट केही शिक्षा लिनुपर्ने जरुरी छ । विषेशगरी राजनीतिक नेतृत्वले यो बेला राजनीतिक नेतृत्वले ठाउँ पाउने बित्तिकै नाता र गोतालाई प्रश्चय दिन्छन् भन्ने जुन अनुभुति छ, त्यसको अन्त्यका लागि पनि संस्था यस्तो होस् जसले लोकसेवा आयोग जस्तो गरोस् । जहाँ निष्पक्षताबाहेक केही हुदैन । योग्यताको कदर हुन्छ भन्ने हामीले जनतामा सिर्जित गर्न सकियो भने हामीले ल्याएको लोकतन्त्र र यो संविधान अझ दह्रो भएर रहने विश्वास मैले लिएको छु ।’

सभापति खतिवडाले संविधान कार्यान्वयनको लागि महत्वपूर्ण मानिएको संघीय निजामति विधेयक आजै संसदमा दर्ता गर्ने समेत जानकारी दिए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?