Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आघात पुर्यायोः सभापति खतिवडा


काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजनीतिक नेतृत्वले पद प्राप्त गरेलगत्तै नातावाद र कृपावादलाई प्रश्रय दिने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा आधात पुर्याएको बताएका छन् ।

लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले यस्तो बताएका हुन् । उनले लोकतन्त्र प्राप्तिपछि अहिले देखिएको निराशा र कुण्ठा अन्त्यका लागि लोकसेवा आयोग जस्तो निष्पक्ष संस्थाबाट राजीनित नेतृत्वबाट शिक्षा लिनुपर्ने आवश्यकता औंल्याएका थीए । उनले निष्पक्षता र योग्यताको आधारमा कार्य गर्ने संस्थाले मात्रै जनतामा लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउन सक्ने उल्लेख गर्दै लोक सेवा आयोगको प्रसंशा गरे ।

उनले भने, ‘लोकतन्त्र प्राप्तिपछि अहिले पनि निराशाका कुण्ठाहरु जिवित भएको बेलामा यस्ता कुण्ठाहरुलाई अन्त्य गर्नको लागि हामीले लोकसेवाबाट केही शिक्षा लिनुपर्ने जरुरी छ । विषेशगरी राजनीतिक नेतृत्वले यो बेला राजनीतिक नेतृत्वले ठाउँ पाउने बित्तिकै नाता र गोतालाई प्रश्चय दिन्छन् भन्ने जुन अनुभुति छ, त्यसको अन्त्यका लागि पनि संस्था यस्तो होस् जसले लोकसेवा आयोग जस्तो गरोस् । जहाँ निष्पक्षताबाहेक केही हुदैन । योग्यताको कदर हुन्छ भन्ने हामीले जनतामा सिर्जित गर्न सकियो भने हामीले ल्याएको लोकतन्त्र र यो संविधान अझ दह्रो भएर रहने विश्वास मैले लिएको छु ।’

सभापति खतिवडाले संविधान कार्यान्वयनको लागि महत्वपूर्ण मानिएको संघीय निजामति विधेयक आजै संसदमा दर्ता गर्ने समेत जानकारी दिए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?