Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

थाङपालकोटमा हाटबजार


स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा ल्याएको हो । प्रत्येक शुक्रबार रैथानेश्वरी मन्दिर बजार केन्द्रमा हाटबजार मेला सुरू गरिएको सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी दिनुभयो । सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङले वडा नं ३ मा गत वर्षदेखि नै हाटबजार व्यवस्थापन गरिरहेको छ । हाटबजारले मुद्रा विनिमयसँगसँगै वस्तु विनिमय गरी एकअर्काको सामान साटासाट र खनखाँचो टार्नसमेत सहज बजाउने आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताउनुभयो ।

वडाध्यक्ष कुलबादुर बस्नेतले आमा दिदीबहिनीले आफ्नै परिश्रमको उत्पादनलाई बजारसम्म पुर्याइ नगद आर्जन गर्न र उपभोक्ताले सस्तोमा स्वच्छ, ताजा अग्र्यानिक उत्पादनको उपभोग गर्न सहज हुने विश्वासका साथ निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । आर्साे नेपालले टिजिएचको सहयोगमा रैथानेश्वरीमा निर्माण गरेको यो बजार केन्द्रको अधिकतम् उपयोग भई स्थानीय समुदायको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको परियोजना संयोजक तामाङले बताउनुभयो । आफ्नै आँगनमा स्थानीय उत्पादन खरिद बिक्री गर्न पाएकामा स्थानीय सुर्दशन साकोटाले खुसी व्यक्त गर्नुभयो । उत्कृष्ट युवा किसान सम्मानित सिन्धुपाल्चोकका कुमार आचार्य उत्कृष्ट युवा तथा महिला किसान कार्यक्रमबाट सम्मानित हुनुभएको छ । उदार स्वयंसेवक आबद्ध सामाजिक संस्था नेपालद्वारा आयोजित एक कार्यक्रमबीच आचार्य सम्मानित हुनुभएको हो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न जिल्लाका ५० युवा सम्मानित हुनुभएको थियो । आचार्य सिन्धुपाल्चोकमा मिश्रित पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आइरहनुभएको छ । उहाँले सिताके च्याउ, गाईपालन, कागती खेती, आलुखेतीलगायत कृषिसम्बन्धी काम गर्दै आइरहनुभएको छ । आचार्यलाई उत्कृष्ट युवा उद्यमीको सम्मान दिइएको हो । तथ्याङ्क सङ्कलन पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको उपस्थितमा वडा नं ६ स्यालेबाट डाटा सङ्कलनको काम सुरु गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पाँचपोखरी थाङपाल–६ बाट डाटा सङ्कलन तथा डिजिटल घरधुरी नम्बर प्रदान गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । कम्प्युटर र टेलिभिजन हस्तान्तरण विश्व समावेशी साहसी संस्थाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई विद्यालयमा सहयोग गरेको छ । संस्थाले गाउँपालिका–८ लप्सेको सरस्वती आधाभुत विद्यालय र वडा नं ७ तिपेनीको क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयमा टेलिभिजन र कम्प्युटर हस्तान्तरण गरेको संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो । क्षेत्रपालेश्वरीमा १० थान कम्प्युटर र सरस्वती आधारभूत विद्यालयमा थान टेलिभिजन वितरण गरिएको उहाँले बताउनुभयो ।


प्रकाशित मिति: ८ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?