काठमाडौं । गत मङ्सिर १३ गते मात्रै कानुनी रूपमा विवाह दर्ता गरेका हुन माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले। १२ असार २०८० मा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश उल्लेख गरेर विवाह दर्ताको प्रमाणपत्र पाए उनीहरूले। लमजुङको दोर्दी गाउँपालिका कार्यालय लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्ने देशकै पहिलो पालिका बन्यो
काठमाडौं । विपिन धिमालले केही दिनअघि सामाजिक सञ्जालमा लेखे, ‘म अहिले केएमसी अस्पतालमा गम्भीर अवस्थामा मृत्यु र जीवनसँग लड्दै छु। म थाइराइडको अन्तिम चरणमा छु। मेरो परिवारको वित्तीय अवस्था कमजोर भएको कारण वायुसञ्चारमा बसेर हजुरहरूलाई सानो, सक्दो सहयोगका लागि बिन्ती गर्दछु।’ सामाजिक सञ्जालमार्फत गरेको यो अनुनयले विपिनलाई बचाउन सकेन। बिहीबार
काठमाडौं । २०७८ माघमा परिवार नियोजन सङ्घले छलफल गर्यो काभ्रेको धुलिखेलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्थाका लागि लबिङ गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई सहभागी गराइयो छलफलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्था नभएको सुझाए उनले। वैवाहिक समानताको कानुन निर्माणका लागि न्यायालयको ढोका घचघच्याउन आफूले सघाउने प्रतिबद्धता समेत जनाए त्रिपाठीले। केन्द्रीय तथ्याङ्क कार्यालयका निर्देशक
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले मङ्गलवार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पतालको अनुगमन गर्नुभएको छ । मङ्गलवार बिहानै वीरगञ्ज पुग्नुभएका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालस्थित ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गर्नुभएको हो । कुराकानीका
काठमाडाैं । सरकारले यही असार ७ (२१ जुन २०२४) गते ‘विश्व योग दिवस’ मनाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग (yog for women Empowerment) भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय गरेको हो। वैठकले प्रदेश तह
काठमाडौँ। चितवन जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार ३६ हजार सात सय चारजनालाई लगाउने लक्ष्य
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको लागि रकम उपलब्ध गराउँदै आएको छ। तर, उक्त स्यानिटरी प्याड सरकारी मापदण्ड अनुसार
प्रोस्टेट पुरुष प्रजनन प्रणाली मा एक ग्रंथि हो। यो मूत्राशयको ठीक तल अवस्थित छ। यसले तरल पदार्थ बनाउँछ जुन वीर्यको अंश हो। धेरै प्रकारका प्रोस्टेट रोगहरू छन् । प्रोस्टाटाइटिस प्रोस्टेट ग्रंथिमा सूजन (सुजन र दुखाइ) हो। यो ५० वर्षभन्दा कम उमेरका मानिसहरूमा हुने प्रोस्टेट समस्याको सबैभन्दा सामान्य प्रकार हो। त्यहाँ विभिन्न
एजेन्सी। अधिकांश महिलाहरू आफू गर्भवती भए नभएको एकैपटकमा थाहा पाउँदैनन् । खासगरी गर्भवती भएको पहिलो लक्षण महिनावारी रोकिनु हो। गर्भ छ छैन भन्ने जाँचका लागि पाइने साधन आजकल सहजै औषधी पसलमा पाइन्छ । महिलाले घरमै गर्भ जाँच गर्ने साधन ल्याएर पनि हेर्न सकिन्छ वा नजिकको स्वास्थ्य संस्थामा गएर पनि जाँच गर्न सकिन्छ ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र