Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन


जनकपुर। नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको अगुवाइमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् ।

आन्दोलन अन्तर्गत शुक्रवार जिल्ला प्रशासन कार्यालय, धनुषामा आयोजना गरिएको धर्नामा सयौं चिकित्सकहरूको उपस्थिति रहेको थियो । उनीहरूले आपतकालीन सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । चिकित्सकहरूकाअनुसार चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा आवासीय चिकित्सकहरूलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएपनि हालसम्म कार्यान्वयन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन् ।

आन्दोलनको क्रममा चिकित्सकहरूले र्याली निकाल्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?