Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन


जनकपुर। नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको अगुवाइमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् ।

आन्दोलन अन्तर्गत शुक्रवार जिल्ला प्रशासन कार्यालय, धनुषामा आयोजना गरिएको धर्नामा सयौं चिकित्सकहरूको उपस्थिति रहेको थियो । उनीहरूले आपतकालीन सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । चिकित्सकहरूकाअनुसार चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा आवासीय चिकित्सकहरूलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएपनि हालसम्म कार्यान्वयन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन् ।

आन्दोलनको क्रममा चिकित्सकहरूले र्याली निकाल्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?